साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव त वर्षै पिच्छे चाहिन्छ

Nepal Telecom ad

 height=मङसिर महिना किसानलाई लगाएको बाली उठाउने चटारो छ । यसै बेला देश चुनावमय भएको छ । नेताहरूलाई बाली लगाउने चटारो छ ।{{read_more}} किसानहरू खेत खेतमा धान काट्ने, झाँट्ने र दाई हाल्ने काममा व्यस्त छन् । नेताहरू खेत खेतमा पार्टीका झण्डा र चुनाव चिन्ह रोप्न व्यस्त छन् । किसान फाटेको टोपी अनि फाटेका लुगामा खेतमा छन् । नेता सुटबुट अनि गलामा माला भिरेर खेतमा छन् । किसान असारमा हिलोआली गरेर रोपेको अन्न वर्ष भरिलाई जोहो गर्न खेतमा छन् । नेता विना हिलोआली नै चुनाव चिन्हको थाली लिएर ५ वर्षको लागि अन्न जोहो गर्न खेतमा छन् । जे जसरी होस नेता कार्यकर्ता अनि किसान सबै खेत खेतमा जुटेका छन् । 

हाम्रो देश यसै पनि कृषिप्रधान देश हो । कृषिलाई प्राधमिकता त दिनै प¥यो । यसरी नै बाली उठाउने र बाली लगाउने बेलामा सबै एकजुट हुने हो भने हाम्रो तरक्की टाढा छैन । हिजो कामको चटारोले गर्दा घरमा मालीगाई दुहुने मान्छे हुदैनथे तर आज अमुक नेता मालिगाई दुहुन ढुङ्ग्रो लिएर गोठैमा पुग्या  छन् । गोरुजोत्ने लाठे नपाईएला भन्ने डर पनि भएन माला सहित अनौ समाउन नेता खेतबारीमा छि¥याछन् । महिलाहरूलाई एक घण्टा टाडाको धाराबाट कम्मरमा गाग्रो बोकेर खुईय गर्दै पानी बोक्न पथ्र्यो आज खै दिदी खै बहिनी म एकछिन बोकिदिन्छु भन्ने नेता तथा नेतृ पाईएको छ । दिउँसै हिड्दा ढुंगामा अल्झिएर लडिने बाटोमा हतार हतार डोजरले सम्याईएका छन् । अझ बिचित्र त के छ भने हिजो बाटोमा भेट्दा नमस्कार हजुर भन्दा पनि नसुन्या झै गरी हिड्ने मान्छे आज आधा शरिर झुकाएर नमस्कार का नमस्कार लगाएका छन् । हजुर का हजुर भन्या छन् । यस्तो दिन सधै आए कस्तो हुने थियो होला? देशमा तहगत रुपमा तीन तहको सरकार रहने व्यवस्था छ । तीन तहको चुनावलाई समय मिलाएर पालै पालो चुनाव गराउने हो भने जनताले धेरै राहत पाउने थिए । स्थानीय तहको चुनाव फाल्गुण चैत्रमा, प्रदेशको चुनाव जेष्ठ आषाढमा अनि केन्द्रीय चुनाव यसरी नै मंसिरमा गराउने हो भने खेती लगाउने, हिलोआली गर्ने र बाली काटी दाई गर्ने बेलामा किसानहरूले प्रशस्तै सहयोग पाउने थिए । यसले गर्दा खाद्यान्न बाली सस्तो र सुलभ हुन गई आम जनताहरूलाई राहत पुग्ने थियो । मेरो यो सुझाव मात्र हो । सुझावलाई मनन् गर्ने नगर्ने काम सरकार र निर्वाचन आयोगको हो ।  

अर्कोतिर हाम्रो कला संस्कृतिको कुरा गर्ने हो भने पनि विगतमा हामी नेपाली कलासस्कृतीमा धनी थियौं । तर समयसँगै हाम्रो कलासंस्कृति लोप हुदै गएको तथ्य छ । हिजोआजका युवाहरूले संस्कृति बिर्सन थालिसक्या छन् । सस्कृति जोगाउन पनि चुनाव अपरिहार्य देखियो । नेताहरूले झम्झम् लोकलयमा नाच्ने, विभिन्न भेषभुषामा सजिएर लोकसंस्कार अनुसार नाचगान गर्ने गर्नाले हाम्रो संस्कृति जिवन्त रहन्छ । त्यसैले चुनावको निरन्तरता आवश्यक छ । नेताहरूले गाउँ गाउँमा पुगेर बोल्ने बक्तृत्व कला सिकाउने हुँदा दुरदराजका जनताहरू बोल्ने कलामा समेत पोख्त हुन्छन । विरोधीको उछित्तो कसरी काड्नु पर्छ भन्ने कुरा पनि सिक्ने मौका पाइने हुँदा विरोधीलाई झुटै सही कुराले जित्न सकिने भईन्छ । त्यसैले चुनाव चाहिन्छ । वर्षै पिच्छे चाहिन्छ । 

२०७४/८/७
काठमाडौं   

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x