साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माने भेंडा

Nepal Telecom ad

अगाडि नै मित्र छ मारिएको src=
यता भने घाँस छ हालिएको
देखेर बुझ्दैन न दुःख मान्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।। {{read_more}}

हिजै त हो बाँदरले पिरेको
मकै लुटेको र सखा मरेको
आःआः भने आज पछाडि जान्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।।

त्यो ऊन काटे पनि काट्न दिन्छ
लगेर साँटे पनि साँट्न दिन्छ
खसी बनाए पनि पार्न दिन्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।।

दाम्लो कुनै बन्धन चाहिंदैन
भागेर जाने पनि चाह छैन
साथी जता साथ लुसुक्क जान्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।।

अहा जुनी होस् त हवस् न यस्तो
संसारमै दुर्लभ मेषजस्तो
न रोष ईर्ष्या न त चाह लिन्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x