साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आई अब्जेक्ट !

Nepal Telecom ad

आइमाई !
अरे ओ आइमाई !!
तेरो सर्वोच्चताले थामेको यो सृष्टि {{read_more}} height=
म देख्न सक्छु तर हेर्नदिन्न 
आँखा बोकेर पनि, कानुनलेझैं 
पट्टी बाँधेर अन्धो बाँचेको
यो नपुङ्सक समाजलाई ।

सयौं जन्ती र आफन्त डाकेर
सातफेरो अग्नि साक्षी राखेर
ऊ लुरुक्क आएकी हो
मैले छाती ठोकेर ल्याएको हो
त्यसैले आई अब्जेक्ट !
आउने र ल्याउनेबिच
हिस्सा बराबरीको हुनुहुन्न ।

जान्दछु, नोट चपाएर मिल्दैन पेट भर्न
नभए नोट त अझ, मिल्दैन केही चपाउँन
सधैं, म कमाउँछु उसले खाने
ऊ पकाउँछे मैले खाने
त्यसैले आई अब्जेक्ट !
कमाउँने र पकाउँनेबिच
सिक्का बराबरीको हुनुहुन्न ।

गर्जने, राजा ठहरिएको सिंहले हो
म्याउँ त गाँस ढुक्ने बिरालोको
म आकाश हुँ गर्जन थाम्ने
ऊ शून्य पाताल, आवाज नपुग्ने
त्यसैले आई अब्जेक्ट ! 
आकाश र पाताल बिचको
समागम बराबरीको हुनुहुन्न ।

शक्ति, एउटा सार्व्तिक परिकल्पना
स्वभिमान, खामबन्दी भएको सानो कथन 
मेरो, र त, पुरुषत्व जन्मसिद्ध 
उसको तर, दासत्व जन्मसिद्ध 
त्यसैले आई अब्जेक्ट ! 
दासत्व र पुरुषत्वबिच
बहस बराबरीको हुनुहुन्न ।

कालीको भक्त हुँ म, रक्षा गर्छिन्
महालक्ष्मीको भक्त हुँः दौलत दिन्छिन्
लिनु परेवापत पो गरेकोछु भक्ति 
आइमाईबाट लिने सेवा त निशुल्क छ यहाँ
त्यसैले आई अब्जेक्ट !
देवी र आइमाइबिच
नाता बराबरीको हुनुहुन्न ।

त्यसैले
अरे ओ आइमाई !!
तेरो सर्वोच्चताले थामेको यो सृष्टि
म देख्न सक्छु तर हेर्नदिन्न 
आँखा बोकेर पनि कानुनलेझैं
पट्टी बाँधेर अन्धो बाँचेको
यो नपुङ्सक समाजलाई ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x