साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्राफिक दाइले सिट्टी फुक्दैन  

Nepal Telecom ad

हुइँकिदै आउँछ गाडी यसरी  height=
बाटो काट्ने हो कसरी 
चालक दाइले रोक्दै रोक्दैन {{read_more}}
ट्राफिक दाइले सिट्टी फुक्दैन । 

पशुपतिको साँढेले जस्तो 
हान्लाहान्ला गर्छ 
रोक रोक भन्यो भने 
आँखा हाम्लाई तर्छ 
पुलिस दाइलाई भन्यो भने 
हात हल्लाइ रहन्छ 
बाटो काट्छु भन्दा खेरी 
पर्खपर्ख भन्छ 
हुइँकिदै आउँछ गाडी यसरी 
बाटो काट्ने हो कसरी 
चालक दाइले रोक्दै रोक्दैन 
ट्राफिक दाइले सिट्टी फुक्दैन  । 

बाटो काट्ने बटुवालाई खै कसले गन्छ 
बाल मैत्री बाटो यहाँ कहिलेसम्म बन्छ 
ट्राफिक लाइट खोज्यो भने बत्ती बल्दैन 
लोडसेडिङ हटे पनि किन चल्दै चल्दैन 
जेब्राक्रसिङ हेर्यो भने 
धुलो मैलोले छोपेको 
मान्छे हिंड्ने फुट्पाथमा
कति धेरै खाल्टो खोपेको 
स्कूलबाट आउँदाआउँदै भोक लाग्यो 
बाटो खुल्दै खुल्दैन
ट्राफिक दाइलाई भन्यो भने
बोल्दै बोल्दैन
हुइँकिदै आउँछ गाडी यसरी 
बाटो काट्ने हो कसरी 
चालक दाइले रोक्दै रोक्दैन 
ट्राफिक दाइले सिट्टी फुक्दैन  । 

दाङ, हाल काठमाडौं 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x