सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भैरहवामा महिला केन्द्रित साहित्यिक कार्यक्रम 

Nepal Telecom ad

 height=भैरहवा, माघ । प्रश्रित प्रतिष्ठान नेपालको आयोजनामा भैरहवामा यही २०७४ माघ ६ गते महिला केन्द्रित कार्यक्रम सम्पन्न हुने भएको छ । {{read_more}} सो अवसरमा हाम्रो संस्कृतिमा नारीको स्थान विषयक प्रवचन, महिला साहित्य विमर्श, स्रष्टा–सम्मान, कृति–लोकार्पण तथा रचना–वाचन, विभिन्न गोष्ठीपत्र प्रस्तुत हुनुका साथै नेपाली भाषा र साहित्यको विकासमा विशेष योगदान पुर्याएका महिला साहित्यस्रष्टा सुनकुमारी गुरुङ (भैरहवा), सुशीला प्रधानाङ (काठमाडौँ), दुर्गा पौडेल (तिलोत्तमा), गंगा लिगल (भैरहवा) तथा भुवन सुब्बा (झापा) लाई कविता साहित्य सम्मानबाट सम्मानित गरिने भएको छ । 

महाकवि मोदनाथ प्रश्रितबाट हाम्रो संस्कृतिमा नारीको स्थान विषयमा प्रवचन हुनेछ भने नेपाली महिला साहित्य विषयमा साहित्यकार रमेश शुभेच्छु, प्रा डा सुधन पौडेल र सहप्रा डा शिवप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

आयोजक संस्था प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्राध्यापक डा कपिल लामिछानेका अनुसार सो अवसरमा दुईवटा साहित्यिक कृतिको लोकार्पण हुने तथा महिला केन्द्रित रचना–वाचन हुने कार्यक्रम रहेको छ । यसैयरी सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईका अनुसार सिद्धार्थ साहित्य परिषद्को नियमित सिद्धार्थ साहित्य सङ्गम पनि सोही कार्यक्रममा हुनेछ । 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad