साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढल मिसेको पानी सर्बत हुनेछ !!

Nepal Telecom ad

लाग्छ पक्कै यस्तो कुनै बखत हुनेछ
पानीभन्दा धेरै सस्तो रगत हुनेछ !!

अभावमा पिल्सिएर जनता भोकै मर्छन्
नेताको चैँ खरबौँको बचत हुनेछ !!

पाउ मोलिन्छ अपराधीको प्रशाशन भित्र
अपराधीकै सम्मान साथ इज्जत हुनेछ !!

अदालत वकिल जब पैसामा बिक्छन्
कानुन भन्दा पैसाको ताकत हुनेछ !!

जो हिन्दैछ संसार नै ध्वस्त पार्छु भनी
सास धान्न उसैलाई आपत हुनेछ !!

जब पानीका मूलहरू सुक्दै जानेछन्
ढल मिसेको पानी नि सर्बत हुनेछ !!

मान्छे मर्ने मार्ने खेल जब चल्न थाल्छ
यकिन हुन्न मर्ने सङ्ख्या औसत हुनेछ !!

समयले खाँचो जब औँल्याउँछ अनि
अशक्तमा पनि कुद्ने हिम्मत हुनेछ !!

जब मान्छे स्वार्थ लोभ र डाहमा फस्छ
सबै भन्दा ठूलो धन दौलत हुनेछ !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x