साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वा… सहमति !!

Nepal Telecom ad

बान्द्रे र म बाल्यकालका साथी । उखु खान भनेपछि दुबै हुरुक्क । ऊ मभन्दा अली बढी हेर्दा सोझो तर धूर्त । उसले मलाई टुप्पो दिन खोज्थ्यो जैले पनि । भन्दथ्यो– फेदभन्दा टुप्पो कमलो पनि हुन्छ, पचाउन सजिलो पनि । उसको चलाकी म बुझी बुझी बुझ पचाउँदथेँ ।
उखुधनी चिन्तित थिए– दिनदिनै उखुका लाँक्रा घट्दै गएको देखेर । डिलमा भड्खालो बनाए, बयरका झिक्रा हाले ।
भड्खालोमा बाँस तेर्स्याएएर काँडा थिच्दै उखुबारीमा पुग्नु पर्ने भयो । म बाँस तेर््स्याएर समाउने, ऊचाहिँ झुन्डिँदै पारि जाने र उखु भाँच्ने ।
उसले नयाँ सीप हासिल गर्यो– बाँस समाउनु र काँडा थिच्नु नपर्ने भयो । अनि ऊ हौसियो । मलाई थाहै नदिकन उखु चोर्ने गर्न थाल्यो । उखुकिसानले फेरि चलाकी गरे र भड्खालो पुरे अनि अग्लो बार हाले । त्यसमाथि फेरि पनि काँडा राखे ।
बान्द्रेलाई अब म फेरि चहिने भो बार नाघ्न । फेरि मसँग आयो, नानाभाँती कुरा गर्यो । सहमति गरौं भन्यो । ‘गर्छु म सहमति बजिया बान्द्रेसित !’ म ठस्किएँ केही काल । तर ठुस्काइ दिगो भएन । बारीमा उखु रहुन्जेल हाम्रो ‘सहमती’ कायम रह्यो । वा… सहमति !!

ग्वालटार, सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x