साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वा… सहमति !!

Nepal Telecom ad

बान्द्रे र म बाल्यकालका साथी । उखु खान भनेपछि दुबै हुरुक्क । ऊ मभन्दा अली बढी हेर्दा सोझो तर धूर्त । उसले मलाई टुप्पो दिन खोज्थ्यो जैले पनि । भन्दथ्यो– फेदभन्दा टुप्पो कमलो पनि हुन्छ, पचाउन सजिलो पनि । उसको चलाकी म बुझी बुझी बुझ पचाउँदथेँ ।
उखुधनी चिन्तित थिए– दिनदिनै उखुका लाँक्रा घट्दै गएको देखेर । डिलमा भड्खालो बनाए, बयरका झिक्रा हाले ।
भड्खालोमा बाँस तेर्स्याएएर काँडा थिच्दै उखुबारीमा पुग्नु पर्ने भयो । म बाँस तेर््स्याएर समाउने, ऊचाहिँ झुन्डिँदै पारि जाने र उखु भाँच्ने ।
उसले नयाँ सीप हासिल गर्यो– बाँस समाउनु र काँडा थिच्नु नपर्ने भयो । अनि ऊ हौसियो । मलाई थाहै नदिकन उखु चोर्ने गर्न थाल्यो । उखुकिसानले फेरि चलाकी गरे र भड्खालो पुरे अनि अग्लो बार हाले । त्यसमाथि फेरि पनि काँडा राखे ।
बान्द्रेलाई अब म फेरि चहिने भो बार नाघ्न । फेरि मसँग आयो, नानाभाँती कुरा गर्यो । सहमति गरौं भन्यो । ‘गर्छु म सहमति बजिया बान्द्रेसित !’ म ठस्किएँ केही काल । तर ठुस्काइ दिगो भएन । बारीमा उखु रहुन्जेल हाम्रो ‘सहमती’ कायम रह्यो । वा… सहमति !!

ग्वालटार, सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x