साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोर्डिङको मास्टर

Nepal Telecom ad

पहिलो बर्ष:-
संचालक -लिखित परिक्षा ,कक्षा अवलोकन र अन्तर्वार्ता र
शैक्षिक योग्यताको आधारमा तपाईं छनोट हुनु भयो । {{read_more}}
भोलिदेखी स्कुल आउनुस।
शिक्षक :- तलब ?
संचलक:- हाम्रो सानो स्कुल ,बिद्यार्थी मात्रै दुईसय
पचास छन ।पहिलो बर्ष केही कम हुन्छ ,अर्को
बर्षबाट तपाईंले अनुमान गरेभन्दा बढिनै दिन्छौ।
—–
दोस्रो बर्ष-
संचालक:- तपाईंको अध्यापन कलाबाट हामी प्रभावित
छौ । यसपटकको अभिभावक दिवसमा तपाईं सम्मानित हुदै
हुनुहुन्छ ।
शिक्षक -मेरो तलब ?
संचालक -तपाईंलाई अन्य शिक्षकको भन्दा राम्रो दिने
तयारीमा छौ। चैतमा अभिभावक दिवस हुन्छ, सम्मानित
भएपछि अरुले भन्ने ठाउँ पाउदैनन् । हतार नगर्नुहोस्
,केही ढिलो भएपनी राम्रो हुदैछ।
——–
तेस्रो बर्ष :-
शिक्षक – सर ! पैतिस सयमा त म काम गर्न सक्दिन । बरु
जागीर छोडिदिन्छु।
संचालक – लौ ! तपाईं जस्तो राम्रो शिक्षकले यस्तो
नभनी दिनु । ब्यवस्थापन समितिले तपाईलाई स्कुल
कोअर्डिनेटर बनाउने निर्णय गर्दै छ। ब्याक्तित्व बिकास गर्नुस।
भविष्य राम्रो छ।
——-
चौथो बर्ष-
शिक्षक – सर ! पैंतालीस सयले त घरभाडा नै पुग्दैन ।
काम अनुसारको तलब बढाउनु पर्यो।
संचालक – अरु टिचरको जस्तो कुरो नगर्नुहोस् न सर ।तपाईं आफै
प्रशासनमा हुनुहुन्छ । गाडीको किस्ता बुझाउनै
सकिएको छैन ।
———
पाँचौ बर्ष-
संचालक – सरले भन्नै पर्दैन । यो भवन निर्माणकार्य सकिएपछि त
हाम्रो ध्यान नै शिक्षक कर्मचारीको तलब ,सन्चयकोष
,उपदानमा हुन्छ। जिल्लाकै राम्रो सुबिधा दिने बिधालय हाम्रै हुनेछ

——-
छैटौं बर्ष –
शिक्षक :- बिद्यार्थी संख्या हजार काटी
सक्यो सर । अझै पच्पन्न सयमै काम गर्न सक्दिन । बिचार
गर्नुस।
संचालक – गतबर्ष भन्दा एक्काईस जना बिद्यार्थी
कम छन । पठनपाठन राम्रो भएन। तपाईं तलबको पछि मात्रै
नदगुर्नुस। आफ्नो काममा ध्यान दिनुस। अभिभावक र
बिद्यार्थीको गुनासो छ। तपाईंले पढाको बुझिदैन रे।
——–
सातौ बर्ष
संचालक – सर ! तपाईं विकल्प खोज्नुस। स्कुलले निकाल्यो भन्दा
तपाईंको क्यारिएर बिग्रन सक्छ। तपाईंलाई माया गर्ने हुनाले सुझाव
दिएको छु। आफैले छोडेको जस्तो गर्नुस। नत्र हामीले
आफै निकाल्दै छौ।
शिक्षक -!!!!!!!????????!!!!!!!!??????

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x