साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

Nepal Telecom ad

मेरा हजुरबुबा भन्ने गर्नुहुन्थ्यो– “मेरो पालामा केटा र केटीको पढ्ने कोठा अलगअलग हुन्थ्यो । कति दिनसम्म त केटीहरूको मुख पनि राम्रोसँग देख्न पाइन्नथ्यो ।” {{read_more}} height=

मेरा बुबाले भन्नु भो– “म पढ्ने बेलामा केटा र केटी एउटै कोठामा बस्थे । तर उनीहरूसँग बोलचाल हुँदैनथ्यो । हेराहेर मात्रै हुन्थ्यो” ।

म भन्ने गर्छु– “मेरो पालामा केटा र केटीले एक आपसमा कुरा गरे भने तिन चार दिनसम्म स्कुलमा त्यसबारे हल्ला चलिरहन्थ्यो ।”

अहिले मेरो छोरो मलाई भन्छ– “बुबा ! मेरा केटा र केटी साथीहरू एउटै बेन्चमा बस्छन् र सरले हामीलाई पढाइरहँदा उनीहरू सरको आँखा छलेर आलिङ्गन गरिरहेका हुन्छन् ।”

भोलि मेरो नातिले मलाई भन्ने छ– “हजुरबुबा ! मेरा कोहीकोही केटा र केटी साथीहरू सरलाई सोध्दै नसोधी क्लासबाट बाहिर जान्छन् र निकै बेरसम्म हराउँछन् ।”

पर्सि मेरो पनातिले उसको बुबा अथवा हजुरबुबालाई के भन्ला ? म अचेल शोचमग्न छु ।

हेटौँडा–४, अभिकुञ्ज
मित्रनगर, मकवानपुर (नेपाल)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x