आर.आर. चौलागाईंपरिवर्तन

मेरा हजुरबुबा भन्ने गर्नुहुन्थ्यो– “मेरो पालामा केटा र केटीको पढ्ने कोठा अलगअलग हुन्थ्यो । कति दिनसम्म त केटीहरूको मुख पनि राम्रोसँग देख्न पाइन्नथ्यो ।” {{read_more}}
मेरा बुबाले भन्नु भो– “म पढ्ने बेलामा केटा र केटी एउटै कोठामा बस्थे । तर उनीहरूसँग बोलचाल हुँदैनथ्यो । हेराहेर मात्रै हुन्थ्यो” ।
म भन्ने गर्छु– “मेरो पालामा केटा र केटीले एक आपसमा कुरा गरे भने तिन चार दिनसम्म स्कुलमा त्यसबारे हल्ला चलिरहन्थ्यो ।”
अहिले मेरो छोरो मलाई भन्छ– “बुबा ! मेरा केटा र केटी साथीहरू एउटै बेन्चमा बस्छन् र सरले हामीलाई पढाइरहँदा उनीहरू सरको आँखा छलेर आलिङ्गन गरिरहेका हुन्छन् ।”
भोलि मेरो नातिले मलाई भन्ने छ– “हजुरबुबा ! मेरा कोहीकोही केटा र केटी साथीहरू सरलाई सोध्दै नसोधी क्लासबाट बाहिर जान्छन् र निकै बेरसम्म हराउँछन् ।”
पर्सि मेरो पनातिले उसको बुबा अथवा हजुरबुबालाई के भन्ला ? म अचेल शोचमग्न छु ।
हेटौँडा–४, अभिकुञ्ज
मित्रनगर, मकवानपुर (नेपाल)
Subscribe
Login
0 Comments
Oldest







































