खगेन्द्र नेउपानेनेपाली राजनीतिको सवाइ
कैले लाउँछ फूर्ति खुबै कैले लाउँछ घुर्की,
खालि धाउँछ दक्षिणतिर सारै फुर्की फुर्की,
जनताको तालुमाथि गिर हो यस्ले खेल्ने,
कमजोर हुँदा दङ्ग्याउने बलियो भए पेल्ने,
खान मात्रै जान्ने यल्ले दिन जान्ने हैन,
नेपालीले जति भनून् यस्ले मान्ने हैन,
संविधान लेख्ने भन्दै दशक खाने भयो,
हाम्रो पुस्तै कुलङ्गार कहलाउने भयो,
कुनीति यो यही रै’छ हाम्रो राजनीति
जनताको मन मुटु पोल्ने भतभती ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































