साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम अनुसारको काम

Nepal Telecom ad

स्कुलबाट फर्केका छोराछोरीले हत्तपत्त झोला फालेर गृहकार्य लेखे झैं एक्लै खाटमा बसेर संविधान लेख्ने कुरा पनि भएन । समूहमा सबै बसेर सरसल्लाह गरेर लेख्नुपर्यो । घरमा हैन ठाउँमै जानुपर्यो । तर लेख्ने ठाउँमा माखा भेटिँदैनन् । कोही कसैका काखा, कोही बनका पाखा समेत पुगेका होलान् । त्यसमाथि ज्यान मात्रै घ्याम्पो जत्रो भएर भएन, दिमाग पनि फराकिलो चाहियो । दिमाग नै साँघुरो भएका मान्छेले संविधान जस्तो ठेलीमा अरु त अरु पेज नम्बर समेत के लेख्न जान्लान् ? अरुले लौ यस्तो भयो भन्दा हो हो गरेर थपडी बजाउनु र कसैको ईशारामा फेरि हैन हैन भनेर चोर औंला ठड्याउनु बाहेक केही गर्ने हुती नभएकाहरूको खालमा यिनको नाम पनि अग्र पंक्तिमा आउँछ । अहिले त्यही थपडी बजाउने र औंला ठड्याउने काम पनि नभएपछि यिनलाई केही न केही नगरी चित्त बुझेन । छटपटी भयो । पार्टटाईम काम गर्न मन लाग्यो । भ्याउँदा र जान्दा पार्टटाइम काम गर्न कसले छेक्न सक्छ ? त्यसैले यिनले भैरहेको काममा लाग्न नपरेपछि पार्टटाईम काममा लागेका हुन् । यिनी अर्थात श्यामसुन्दर गुप्ता । अहिले स्वथानीमा अगस्त्यमुनीको नाम जप्नुपर्ने बेला मन नभई नभई पनि यिनै गुप्ताको नाम सम्झनुपर्यो । तपाईंलाई रीस उठेर के गर्नु, दुनियाँ यस्तैका पछाडि दौडिएको छ, अझ भनौं यिनैहरूले दुनियाँलाई दौडाएका छन् ।
के के न नापिएला भनेर अरुलाई जस्तै उनलाई पनि सभासद हुने रहर लाग्यो । जनताले नपत्याएपनि अरु दलका शीर्ष नेताहरूलाई पत्याउन कर लाग्यो, त्यसैले उनी ठाउँमा पुगे । पहिले अरु शीर्षको आशीर्वाद लाग्यो, अहिले सर्बोच्चको । सभासद भइयो, तर के गर्नु ? नियमित सभा र सदन चल्दैन । त्यसमाथि चलिहालेमा गए पनि भो, नगएपनि भो । कसैले किन नआएको, कहाँ गइस् भनेर सोध्दैन । दिउसो यसो हाजिर गर्यो, आफ्नो बाटो लाग्यो । महिना परेपछि गोजीभरी दाम बोक्यो, हिंड्यो । अरुले पासपोर्ट, घूस, कोठी, चिट, चोरी काण्ड भ्याएकै थिए । त्यसैले उनलाई नयाँ कुरा गर्न मन लाग्यो । नाम अनुसारको काम ।के के न नापिएला भनेर अरुलाई जस्तै उनलाई पनि सभासद हुने रहर लाग्यो । जनताले नपत्याएपनि अरु दलका शीर्ष नेताहरूलाई पत्याउन कर लाग्यो, त्यसैले उनी ठाउँमा पुगे । पहिले अरु शीर्षको आशीर्वाद लाग्यो, अहिले सर्बोच्चको । सभासद भइयो, तर के गर्नु ? नियमित सभा र सदन चल्दैन । त्यसमाथि चलिहालेमा गए पनि भो, नगएपनि भो । कसैले किन नआएको, कहाँ गइस् भनेर सोध्दैन । दिउसो यसो हाजिर गर्यो, आफ्नो बाटो लाग्यो । महिना परेपछि गोजीभरी दाम बोक्यो, हिंड्यो । अरुले पासपोर्ट, घूस, कोठी, चिट, चोरी काण्ड भ्याएकै थिए । त्यसैले उनलाई नयाँ कुरा गर्न मन लाग्यो । नाम अनुसारको काम । 

लौ हेर्नुस् त यिनको नाम, श्यामसुन्दर गुप्ता । श्याम भनेको कालो । हुन त फ्यात्त परेको फर्सी जस्तो यिनको टाउकोमा कपालको कालो रौं छैन । अनुहार पनि रातोपिरो नै देखिन्छ । वर्ण कालो भएपनि यिनी हाँडीको मोसो जस्ता देखिँदैनन्, बोसो नै बोसोका छन् । तर बाहिर नभएर के भो ? यिनको रगत मोबिल जत्तिकै कालो रहेछ । कालो रगत भएपछि बानीव्यहोरा त्यस्तै हुनु स्वभाविक हुने नै भयो । त्यसैले यिनले नाम र स्वभाव अनुसार कालो धन्दा गरे । श्याम भनेको कालो, कालोले कालो धन्दा गर्नु के नयाँ कुरा भयो त ?
अब यिनको थर हेरौं । गुप्ता अर्थात गुप्तको अपभ्रंश । गुप्त भनेको लुकेको अर्थात अरुले थाहा नपाउने गरी काम गर्ने । नामै त्यस्तो भएपछि गुप्त काम गर्न यिनलाई के को आइतबार ? त्यसैले उनले नाम अनुसारको काम गरेर देखाइदिए ।
श्याम र गुप्ताले त नाम अनुसारको काम मिलायो । बीचमा सुन्दर शब्द कहाँबाट आयो भनेर तपाईं अलमलमा पर्नुभयो होला । एकपटक दिमाग लगाउनुस् त यसको अर्थ झन् गजबको छ । तपाईंलाई थाहा होला सुन्दरी भनेको बाँदर्नी । सुन्दरीको भाले जनाउने शब्द सुन्दर । सुन्दर भनेको सुन्दरी अर्थात बाँदर्नीको भाले । बाँदर्नीको भाले बाँदर भनेर तपाईंलाई भन्नै परेन । अनि बाँदरले के गर्छ त्यो पनि भनिराख्नै परेन । अब हेर्नस् त नाममा रहेका तीनवटै शब्दको अर्थ मिल्ने गरी यिनले व्यवहार देखाका । नाम अनुसारको काम गर्न सक्ने खुबी यिनी बाहेक अरु कोहीसित छ त ?

धादिङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना
नेताजीको म्याद

नेताजीको म्याद

मिलन तिमल्सिना
0
Would love your thoughts, please comment.x
()
x