सुलसुलेदुइटा ठट्टा
१. रिजल्ट
(एकजना बाबुले आफ्नो छोरासँग जाँचको रिर्पोट कार्ड माग्छ)
छोरो : त्यो त मेरो साथीले भर्खरै सापट मागेर लगेको छ ।
बाउ : किन नि त्यसले जाँच बिगार्यो कि क्या हो ?
छोरो : कहाँ हुनु नि ! मेरो रिजल्ट देखाएर आफ्ना बाबु–आमालाई तर्साउनु पर्यो रे क्या !
२.गाडीको पछि पछि…
साथी १ : मान्छेहरूलाई लभम्यारिज गर्न मन लाग्छ कि एरेन्ज म्यारिज गर्न मन लाग्छ भनेर प्रश्न गर्न खुब मज्जा आउँछ । यो प्रश्न तिमीलाइ झुण्डिएर मर्न मन लाग्छ कि गोली खाएर मर्न मन लाग्छ भने जस्तैै त हो नि !
साथी २ : विवाह गर्ने उद्देश्य नभए पनि केटाहरू किन केटीको पछि कुदिरहन्छन् त ?
साथी १ : गाडी चलाउने उद्देश्य नभए पनि कुकुरहरू किन गाडीको पछि कुदिरहन्छन् त ? यो पनि त्यस्तै हो ।
– नवराज कँडेल
काभ्रे
Subscribe
Login
0 Comments
Oldest











































