साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेको चर्तिकला देखेर….

Nepal Telecom ad

सत्य युग : बिष्णु गरुडमा सयर गर्थे, ब्रह्माण्ड चाहारे खै कसरी म जान्दिन ।
त्रेता युग : रामचन्द्र पुष्पक विमानमा सयर गरे, टाढा लङ्काम पुगे रे ।
द्वापर युग : कृष्णजी गाई गोठाला भए, कहिले रथमा कहिले गाढामा, महाभारत क्षेत्र मात्रै चाहारे ।
कलि युग : सिद्धार्थ गौतम पैदल नै निस्के, बोध गयासम्म पुगे, बुद्धत्व प्राप्त गरे, ठाउँ ठेगानाको अझै जुहारी चल्दै छ ।
कलि युगमा यस्ता महापुरुष भन्दा बहान बढी जन्मे, को कोले के मात्र चढेनन् न कुरा गरम । अहिलेका नौला बुद्ध (भनिएका) रामकुमारले हेलिकप्टर चढेर सर्लाहीदेखि सिन्धुपाल्चोक ओर्ले ।
युग परिवर्तन सँगै जति आधुनिक बाहानहरू आविस्कार भए आफूलाई भगवान भनेर चिनाउन सक्नेहरूले बाहानको उपयोग भने झन् झन् छोटो दूरीको यात्राका लागि मात्रै गरेका छन्। र लाग्छ भगवान यो संरचनादेखि दिक्दार भएर अब लामो दूरीको यात्रा नगरौं पो भन्ने सोचमा हुन् कि !! उता मान्छे भने चन्द्रलोक हुँदै मङ्गल, त्यसपछि बृहस्पति ताक्दै छन्, भगवान भने मान्छेको चर्तिकला देखेर थाक्दै छन् !!

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x