साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूताहा चौबाटो भएको छ वर्तमान

Nepal Telecom ad

पुरानो काम नलाग्ने
चौबाटोमा फ्याँकिंदा
टुक्राटुक्रा र छरपष्ट
फुटेको घ्याम्पो जस्तै विभत्स
यो वर्तमान !
टपरीभरि खरानीको कालो डल्ला
छ्वालीको मुठो र काँचो हाँडी
रातो खुर्सानी र लसुनको पोटी
चिउराको भुस र आधा बलेका धूप(बत्तीहरू
चौबाटोमा मन्छिएको देखेर
भूत लाग्ला भनी
मान्छेहरू ‘थु थु’ थुकेर हिँड्छन््
मान्छेहरू छेउ लागेर हिँड्छन््
हो दुरुस्त त्यस्तै
भूताहा चौबाटो भएको छ
यो वर्तमान !
न कसैको अधीनमा बसेको छ
न त कसैको आदेशमा चलेको छ
गुजुल्टिएको धागोको डल्लोझैँ
न छेउ भेटिन्छ
न त सँगाल्नै सकिन्छ
आफु भित्रभित्रै आफै अल्झिएको
अशान्ति अन्याय अभाव
र अन्यौलको भूमरीमा रुमल्लिएको
जर्जर अनि वर्वर
यो वर्तमान !
हत्या हिंसा र आतङ्कको ओदानमािथ
महत्वाकाङ्क्षाको हाँडी बसाली
विपनाको आगो बालेर
बन्दुकका कप्टेराहरूले
मान्छेका सपनाहरू भुटिरहेछ
मानवताको खिल्ली उडाउँदै
आतङ्क ! आतङ्क !! आतङ्क !!!
मात्र आतङ्कको उपहार दिइरहेछ
यो वर्तमान !

ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x