साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्लाएको कोक्रो देख्दा

Nepal Telecom ad

अघाउँदा गुदी फाल्यो, भोकमा रुन्छ बोक्रो देख्दा
ठुलो देख्यो बेलुन् रोज्यो, पछुतायो खोक्रो देख्दा ।

मैं हुँ भन्दै, फुर्ति लाउँथ्यो, बोल्थ्यो गर्धन् फुलाएर
कुन्नि कल्ले भकुरेछ, था भैगो नि घोक्रो देख्दा ।

मृग मार्यो हरिण मार्यो, जब आयो सिंह सामु
हंशले ठाउँ छोड्यो अरे, रित्तिएको ठोक्रो देख्दा ।

बाउका पालाँ चोटा कोठा, भकारीले ढाक्या हुन्थ्यो
सोच्यो आज चामल किन्दा, दश किलाको धोक्रो देख्दा ।

बिहे गर्न ठूलो पल्ट्यो, आज थुक निल्दो रैछ
हाहा बाबु हाहा चरी, हल्लाएको कोक्रो देख्दा ।

नाङ्लेभारे– ५, काठमाडौं
हाल : युएइ दुबई

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x