साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेलम्चीको छलछलमा कविताको कलकल

Nepal Telecom ad

गएको चैत १ गते मेलम्ची साहित्य प्रतिष्ठानको आयोजनामा घुम्ती कविगोष्ठीको आयोजना गरिएको थियो । सिन्धुपाल्चोक जिल्लाको किउलमा आयोजित गोष्ठीको सभापतित्व प्रतिष्ठानका अध्यक्ष पिताम्बर भण्डारीले गर्नुभएको थियो । हास्यव्यङ्ग्यकार डम्बर घिमिरे एवम् नरनाथ लुइँटेलको विशेष आतिथ्यमा सम्पन्न गोष्ठीमा राजधानीबाट झण्डै डेढ दर्जन स्रष्टाहरूको सहभागिता थियो । स्थानीय स्रष्टाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा बहुविध विषय र बान्कीका रचना सिर्जना प्रस्तुत गरिएको थयो ।
मेलम्ची साहित्य प्रतिष्ठानका सचिव योगबहादुर थापाको स्वागत मन्तव्यपछि स्थानीय स्रष्टा सुभद्रा ढकालको गजल सिर्जनासँगै रचना वाचनको क्रम आरम्भ भएको थियो ।
कार्यक्रममा परशुराम पराजुली परासर, जगनाथ आचार्य, हरिप्रसाद पाण्डे, योगबहादुर थापा, धनपति भण्डारी, हरि भण्डारी, मेनका पोखरेल, डिल्लीप्रसाद मुलतिउन र पिताम्बर भण्डारीले छन्द संरचनामा संरचित पद्ययकविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गजल सिर्जनाहरूको प्रस्तुति उललेखनीय रहेको थियो । यसरी गजल सिर्जना प्रस्तुतिमा सुमन भण्डारी, माधव ढकाल, शारदा पराजुली, सुदर्शन भण्डारी, विमला सिग्देल, कमला भण्डारी, नविन साप्कोटा, रूपा भण्डारी, गोमा नेपालल र गङ्गा पौडेल हुनुहुन्थ्यो । स्रष्टाहरू रामचन्द्र दाहाल, प्रदिपरत्न शाक्य, जागृत भट्राई, गमनाथ भण्डारी, धनपति भण्डारी, ऋचा, बालमुकुन्द कार्की, हेम पौडेल, यम ज्योति, रामकुमार पण्डित आदि स्रष्टाले गद्य संरचनामा आधारित कविता सिर्जना प्रस्तुत गर्नु भएको थियो । भक्तबहादुर नेपाली, प्रशंशा पराजुली, चिरन भण्डारी र बिमला लुइँटेलले गीति लयमा आवद्ध सिर्जना प्रस्तुत गर्नु भएको थियो ।
किउल गाउँको केही तल मेलम्ची छल्छलाई रहेको थियो भने स्रष्टाहरूका केही सिर्जनाले भने त्यही मेलम्चीलाई सम्बोधन गर्दै राजधानी आएर तिर्खा मेटाउन आग्रह गरिरहेका थिए ।
कार्यक्रममा स्रष्टा एवम सञ्चारकर्मी नरनाथ लुइँटेलले ग्रामीण मनोरम वातावरणमा सिर्जना प्रस्तुतिको कार्यक्रम घुम्ती कविता गोष्ठीको आयोजना गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै आफ्नो हास्यव्यङ्ग्य कविता वाचन गर्नु भएको थियो । अर्का हास्यव्यङ्ग्य स्रष्टा डम्बर घिमिरेले प्रस्तुत गर्नु भएका हास्य सामग्रीलाई धेरै श्रोताहरूले मन पराएका थिए ।
स्रष्टा एवम् प्रतिष्ठानका अध्यक्षले कविताबाटै सहभागिता स्रष्टा तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन भने एम ज्योति र योगबहादुर थापाले गर्नुभएको थियो ।
–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x