साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपाल

Nepal Telecom ad

ऊ र म समसामयिक विश्व परिवेश र देशको राजनैतिक स्थितिको विषयमा चर्चा गर्दै थियौं, स्कुलको होमवर्क गर्दै गरेकी मेरी छोरी आस्था हातमा कागजको पाना लिएर हामी भएको ठाउँमा आई र त्यो कागजको पाना मेरो हातमा दिई ।
कागजको पाना हातमा लिएर हेरें । नेपालको भू–प्राकृतिक नक्शासँग मिल्दाजुल्दो आकृति कोरिएको थियो, कागजमा । सरसर्ती हेर्दा नेपालको नक्शासँग मिलेमिले जस्तो लागे पनि उत्तरी सिमाना बाहेक अरु कतैको पनि रेखाङ्कन मिलिरहेको थिएन । छोरीले कोरेको नक्शा नेपाल बाहेक अरु कुनै देशसँग मिलेजस्तो पनि लागेन, मलाई । मेरी छोरीको उमेर खासै धेरै नभए पनि ऊ भूगोल र समसामयिक राजनैतिक विषयमा गहिरो चाख राख्छे । खै यो के नक्शा वनाई छोरीले ? नजानेर बनाएको भनौं नेपालको साविक नक्शासँग भिडाउँदा उत्तरी सिमाना ठ्याक्कै भिड्छ । जानेर बनाएको भनौं अरु तीनतिरको सीमारेखा ठ्याम्मै मिल्दैन ।
“हैन यो कहाँको के नक्शा बनायौ छोरी तिमीले ?” मैले सोधें ।
“त्यत्ति पनि चिन्नु भएन ? नेपालको नक्शा ।” छोरीले दर्विलो जवाफ दिई ।
“नेपालको नक्शा ? मिलेन यो त । ऊ त्यो भित्ताको नक्शा हेर त ! त्यो नक्शासँग यो नक्शा भिडाउँदा त धेरै ठाउँको रेखाङ्कन मिल्दैन है । यो कस्तो नक्शा बनायौ हँ, तिमीले ? जाऊ गएर अर्को नक्शा बनाऊ ।’ मैले स्नेहात्मक आदेश दिएँ ।
“बाबा पनि… ! कुरा लोकतन्त्र, अग्रगमन र नयाँ नेपालको छ । अब पनि प्रतिगमनको पछि लागेर हुन्छ ? भित्ताको नक्शा धेरै पुरानो भइसक्यो । मैले बनाएको नक्शा त नयाँ नेपालको नक्शा अर्थात् अग्रगामी नक्शा पो हो त । म नयाँ नेपालको नक्शा कोर्दैछु । बाबा पुरानै नेपालको कुरा गर्दै हुनुहुन्छ ।” मेरी छोरीले गजक्क पर्दै आफ्नो तर्क राखी ।
“खै ? खै ? म पनि त हेरुँ, छोरीको नयाँ नक्शा ।” मेरो साथीले त्यो कागजको पाना मेरो हातबाट तानेर लग्यो र मुसुमुसु हाँस्दै भन्न थाल्यो– “पूर्वतर्फ मानेभञ्ज्याङ् र जङ्गपिलर आदि इत्यादि माइनस, पश्चिमतर्फ लिपुलेक, कालापानी एवं टनकपुरको सेरोफेरो माइनस, दक्षिणतर्फ मोटामोटी सवै दशगजाक्षेत्र शुक्लाफाँटा, त्रिवेणीसुस्ता हुँदै मेचीसम्मका विभिन्न अतिक्रमित क्षेत्र माइनस । यी सवै कित्ताकाट गरेर वनाएको नक्शा जस्तो छ, यो । ल, मानें छोरीें मैले तिमीलाई । यति सानै उमेरमा यस्तो संवेदनशीलता र यो तार्किकता ! यी सवैक्षेत्रका कित्ताकाट गर्ने हो भने यो देशको मानचित्र यत्ति पनि रहने हो होइन ? शङ्कै छ ।”
मेरो साथीको सर्मथनबाट गज्किएकी छोरी मख्ख पर्दै कोठातर्फ लागी र ऊ पनि आफ्नो बाटो लाग्यो । मेरो माथिङ्गलमा भने भित्तामा टाँगिएको नेपालको साविक नक्शा र छोरीले भर्खरै स्केच गरेर देखाएको नयाँ नेपालको नक्शा पालैपालो नाच्न थाले ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x