साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोकान

Nepal Telecom ad

१.
सर्वहारा नेताहरू हेलिकोप्टर चढ्न थालेछन् कत्ति विकास भएछ
दिनका दिन होटलमा कुखुरा दार्न थालेछन् कत्ति विकास भएछ
हिजोका जस्ता गरिब कहाँ छन् र ! आजका कम्युनिस्ट अगुवाहरू
करोड करोडका गाडीमा शयर गर्न थालेछन् कत्ति विकास भएछ ।

२.
तिमीलाई मैले आफ्नै घरमा बस भन्न सकिनँ
तिमीलाई मैले आफ्नै फूलबारीमा हाँस भन्न सकिनँ
कस्तो होला यो दुनियाँ खालि रगतको नाता मात्रै खोज्छ
तिमीलाई मैले आफ्नै आँगनमा नाच भन्न सकिनँ ।

३.
मन बिथोलिएको छ त्यसै भएर निराश–निराश छु
मन चर्किएको छ त्यसै भएर उदाश–उदाश छु
सबै थोक भएर पनि म एक्लो–एक्लो र रित्तो–रित्तो छु आज
मन टुक्रिएको छ त्यसै भएर हतास–हतास छु ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x