साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामाखुसी साहित्य समाजको नियमित कार्यक्रम

Nepal Telecom ad

राजधानीमा नियमित रूपमा सञ्चालन हुँदै आएको सामाखुसी साहित्य समाजको पछिल्लो साहित्यिक कार्यक्रम गत शनिवार चैत ९ गते सम्पन्न भयो । प्राज्ञ विष्णु प्रभातको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भाग्यशाली अधिकारीले गर्नुभएको थियो । विशेष अतिथिमा साहित्यिक पत्रकार तथा जनमत मासिकका सम्पादक मोहन दुवाल अभिनव साहित्य प्रतिष्ठानका वेदमणि घिमिरे र हास्यव्यङ्ग्य स्रष्टा एवम् सञ्चारकर्मी नरनाथ लुइँटेल हुनुहुन्थ्यो ।
कार्यक्रमको आरम्भमै मानन्धर अभागीले सिर्जना वाचनमा सजिलो होस् भन्ने उद्धेश्यले संस्थालाई माइकको नयाँ सेट प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा झन्डै साढे २ दर्जन स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । सिर्जना प्रस्तुत गर्नेहरूमा श्रीधर पौडेल, लक्षमी एडी, मेनुका पोखरेल, उर्मिला पन्त पाण्डे, अरूण नदी खत्री, हरिप्रसाद खनाल, राजेश जोछे, चन्द्रवदना घिमिरे, देवपी केसी, भगवती पौडेल, रश्मी रिमाल, श्यामबहादुर भावुक, शशी थापा पंडित, नीर्भिक राई, अर्जुन पौडेल, कौशला लामिछाने, द्वारिका कुइँकेल, गोपालराज मैनाली हुनुहुन्थ्यो ।
त्यसैगरी कार्यक्रममा माधव घिमिरे अटल, अगन्धर अधिकारी, सुनिल स्पन्दन, रामप्रकाश उपाध्याय, चन्द्रसिंह कार्की, ईश्वरी घिमिरे, गीता पंडित, नीरा पराजुली, गोविन्द घिमिरे वेदमणि, कृष्ण रिमाल आदिले पनि आ–आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएका रचनाहरूमाथि सङ्क्षिप्त टिप्पणी गर्दै नरनाथ लुइँटेलले बहुविद विषय, संरचना र आयामका रचनामा देशको वर्तमान अभिव्यक्त भएको उल्लेख गर्नुभयो । उहाँले कार्यक्रममा महिला स्रष्टाहरूको सहभागितालाई राम्रो सन्देशका रूपमा लिनु पर्ने चर्चा गर्दै सामखुसी साहित्य समाजको प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।
स्रष्टा शास्त्रदत्त पन्तको मन्तव्यपछि मोहन दुवालले साहित्यिक संस्था सञ्चालनको आफ्नो अनुभव प्रस्तुत गर्दै साहित्यकारहरूहरू कहिल्यै पनि सत्ताका तावेदार हुँदैनन् भन्नुभयो ।
कार्यक्रमका अध्यक्ष भाग्यशाली अधिकारीले आफ्नो छन्दोबद्ध कविता प्रस्तुत गरी सहभागिताका लागि धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रकमको सञ्चालन भने स्रष्टा कृष्ण रिमालले गर्नु भएको थियो ।
–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x