साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालको राष्ट्रिय अल्गाइ

उहाँले यस्तो प्रश्न गर्न पुग्नु एकदम स्वाभाविक थियो । किनभने म होचो जिउडालको व्यक्ति हुँ भने बालचन्द्र निकै अग्ला हुनुहुन्थ्यो ।

Nepal Telecom ad

यो २०१९ साल (सन् १९६२) को कुरा हो । रस्सिया (त्यस बेला सोभियत सङ्घ) को राजधानी मस्कोमा जुलाई ९ देखि १४ (असार २५ देखि ३०) सम्म व्यापक निरस्त्रीकरण र विश्वशान्ति निम्तिको महाधिवेशन भएको थियो । नेपालबाट पाँच जनाको प्रतिनिधि-मण्डल त्यसमा भाग लिन गएको थियो ।

ती पाँच जनामध्ये भिक्षु अमृतानन्द, प्राध्यापक आशाराम शाक्य, काठमाडौँका नगरप्रमुख गणेशमान श्रेष्ठ र परोपकार संस्थाका दयावीरसिंह कंसाकार हुनुहुन्थ्यो भने एक जना म पनि परेको थिएँ । महाधिवेशन सकिएपछि अमृतानन्द र म बाहेक अरू सबै जना नेपाल फर्कनुभयो । अलि दिनपछि अमृतानन्द रुसको यात्रा सकेर अरू मुलुकहरूमा जानुभयो । जसमध्ये हङ्गेरीको राजधानी बुडापेस्टमा त पछि मेरो उहाँसँग फेरि भेट हुन पाएको हो । अब मैले रस्सिया नछाडेकै बेलाको कुरा गरूँ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति बालचन्द्र शर्मा रूसमा आउनुभएको बेला छ भन्ने मैले थाहा पाएँ । उहाँसँग मेरो घनिष्ठ सम्बन्ध नै रहिआएको थियो । त्यसैले मैले उहाँलाई भेट्न जाने विचार गरेँ र उहाँको ठेगाना पत्ता लगाएँ । भेट भएपछि हामी आपसमा रमाएर कुरा गर्न थाल्यौँ । मेरा दोभाषेले (अहिले मैले उहाँको नाउँ बिर्सिसकेँ ।) एक्कासि हामीसँग प्रश्न गर्नुभयो— “नेपालको राष्ट्रिय अल्गाइ कति हो ?”

उहाँले यस्तो प्रश्न गर्न पुग्नु एकदम स्वाभाविक थियो । किनभने म होचो जिउडालको व्यक्ति हुँ भने बालचन्द्र निकै अग्ला हुनुहुन्थ्यो । मैले सजिलैसँग तुरुन्तै उत्तर दिएँ— “उहाँलाई र मलाई दाँजेर सरदरको अनुमान गर्नुहोस् । त्यही नै हाम्रो राष्ट्रिय अल्गाइ हो ।” मेरो उत्तर सुनेर उहाँहरू दुवै जना गलल्ल हाँस्न थाल्नुभयो । मलाई पनि हाँसो नउठ्ने कुरै भएन । निकै बेरसम्म हामी सबैजना नै हाँसिरह्यौँ ।

(काठमाडौँ, २०६५ असोज २२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x