सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपालको राष्ट्रिय अल्गाइ

उहाँले यस्तो प्रश्न गर्न पुग्नु एकदम स्वाभाविक थियो । किनभने म होचो जिउडालको व्यक्ति हुँ भने बालचन्द्र निकै अग्ला हुनुहुन्थ्यो ।

Nepal Telecom ad

यो २०१९ साल (सन् १९६२) को कुरा हो । रस्सिया (त्यस बेला सोभियत सङ्घ) को राजधानी मस्कोमा जुलाई ९ देखि १४ (असार २५ देखि ३०) सम्म व्यापक निरस्त्रीकरण र विश्वशान्ति निम्तिको महाधिवेशन भएको थियो । नेपालबाट पाँच जनाको प्रतिनिधि-मण्डल त्यसमा भाग लिन गएको थियो ।

ती पाँच जनामध्ये भिक्षु अमृतानन्द, प्राध्यापक आशाराम शाक्य, काठमाडौँका नगरप्रमुख गणेशमान श्रेष्ठ र परोपकार संस्थाका दयावीरसिंह कंसाकार हुनुहुन्थ्यो भने एक जना म पनि परेको थिएँ । महाधिवेशन सकिएपछि अमृतानन्द र म बाहेक अरू सबै जना नेपाल फर्कनुभयो । अलि दिनपछि अमृतानन्द रुसको यात्रा सकेर अरू मुलुकहरूमा जानुभयो । जसमध्ये हङ्गेरीको राजधानी बुडापेस्टमा त पछि मेरो उहाँसँग फेरि भेट हुन पाएको हो । अब मैले रस्सिया नछाडेकै बेलाको कुरा गरूँ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति बालचन्द्र शर्मा रूसमा आउनुभएको बेला छ भन्ने मैले थाहा पाएँ । उहाँसँग मेरो घनिष्ठ सम्बन्ध नै रहिआएको थियो । त्यसैले मैले उहाँलाई भेट्न जाने विचार गरेँ र उहाँको ठेगाना पत्ता लगाएँ । भेट भएपछि हामी आपसमा रमाएर कुरा गर्न थाल्यौँ । मेरा दोभाषेले (अहिले मैले उहाँको नाउँ बिर्सिसकेँ ।) एक्कासि हामीसँग प्रश्न गर्नुभयो— “नेपालको राष्ट्रिय अल्गाइ कति हो ?”

उहाँले यस्तो प्रश्न गर्न पुग्नु एकदम स्वाभाविक थियो । किनभने म होचो जिउडालको व्यक्ति हुँ भने बालचन्द्र निकै अग्ला हुनुहुन्थ्यो । मैले सजिलैसँग तुरुन्तै उत्तर दिएँ— “उहाँलाई र मलाई दाँजेर सरदरको अनुमान गर्नुहोस् । त्यही नै हाम्रो राष्ट्रिय अल्गाइ हो ।” मेरो उत्तर सुनेर उहाँहरू दुवै जना गलल्ल हाँस्न थाल्नुभयो । मलाई पनि हाँसो नउठ्ने कुरै भएन । निकै बेरसम्म हामी सबैजना नै हाँसिरह्यौँ ।

(काठमाडौँ, २०६५ असोज २२)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली