साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकैछिनको एकैछिन

अघि उसको भएर बोल्यो अहिले मेरो भएर बोल्यो मान्छे पीपलपात झैँ फर्किन्छ एकैछिनको एकैछिन ।

Nepal Telecom ad

रामप्रसाद दाहाल :

शत्रुको शत्रु पनि मित्र बनिन्छ एकैछिनको एकैछिन
आफ्नो मान्छे शत्रुसँग देखिन्छ एकैछिनको एकैछिन ।

घाउमा नुन थपिदिन्छ, आँसु थाप्ने भाँडा दिन्छ साथीले
साथीले कति धेरै जखम दिन्छ एकैछिनको एकैछिन ।

देखिने बजारमा नग्नता ढाक्ने अनेकौँ कपडा बेचिन्छ
नदेखिने बजारमा नग्नता बेचिन्छ एकैछिनको एकैछिन ।

अघि उसको भएर बोल्यो अहिले मेरो भएर बोल्यो
मान्छे पीपलपात झैँ फर्किन्छ एकैछिनको एकैछिन ।

बाउले छोरालाई मान्छे बनाउन श्रम बेचे जमीन बेचे
आँटिलो छोराबाट बाउ लुटिन्छ एकैछिनको एकैछिन ।

०००
विश्वनाथ, असम ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x