साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिता

भएर खिन्नता सधैँ सुता र पुत्र छन् भने । भएन पूज्य कर्म यो पिता यसै बसे भने ।। दिउन् सुकर्म बाबुले हिँडुन् सुमार्ग सन्तति । हियारमा सजी बसुन् पिता बनेर सादगी ।।

Nepal Telecom ad

कविराज घिमिरे : 

पिता अमूक हुन् उनै विशिष्ट बन्नसक्तछन् ।
सुधीर चालका धनी पिता युगान्त चल्दछन् ।।
प्रसाद शुद्ध फूल हुन् रहुन् सदैव माथमा ।
सुमार्गमा हिँडाउँछन् बसुन् सदैव साथमा ।।

पिता हुंँदैन मृत्युको सिकार जो अभेद्य छ ।
रहन्छ प्राण कीर्तिमा शरीर ढल्न सक्तछ ।।
पिता समान विश्वमा मिलेन खै सुशासक ।
सबै छ गौणमात्र झन् पिता बुझौँ उपार्जक ।।

हराभरा बनाउने समस्त हुन् सुचालक ।
बनिन्छ वृद्ध प्रौढ वा युवा भएर बालक ।।
पिता विवेकका धनी पिता त फूल बाबरी ।
भनेर कामना गरौँ पिता बनुन् अजम्बरी ।।

सदैव दूरदृष्टि होस् मिलुन् सुकामनाहरू ।
पिता बनुन् सुधीर झन् सुगम्य भावका बरु ।।
चढेर शैलमा कडा गरी सयौँ परिश्रम ।
दिउन् पिता समग्रमा खुसी बनेर आश्रम ।।

भएर खिन्नता सधैँ सुता र पुत्र छन् भने ।
भएन पूज्य कर्म यो पिता यसै बसे भने ।।
दिउन् सुकर्म बाबुले हिँडुन् सुमार्ग सन्तति ।
हियारमा सजी बसुन् पिता बनेर सादगी ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x