विनाेद नेपाललहराे
मौका पारेर एकदिन नजिकका एकले अप्ठ्यारो मान्दै उनलाई सोधे, ‘किन, के भयो र यसरी एकाएक अलग हुनुभयो ? केही न केही कारण त पक्कै होला, हुन त सबै पारिवारिक कुरा सबैलाई भन्ने कुरो पनि भएन, हामीलाई भने बडो दुःख लागेको छ ।’

विनोद नेपाल :
उनीहरू अचानक भिन्न भए ।
कहिल्यै ठाकठुक नभएको अत्यन्तै मिलेको उदाहरणीय जोडी यसरी एकाएक अलग भएको देख्दा आफन्तजन र छरछिमेकी आश्चर्यमा परे ।
मौका पारेर एकदिन नजिकका एकले अप्ठ्यारो मान्दै उनलाई सोधे, ‘किन, के भयो र यसरी एकाएक अलग हुनुभयो ? केही न केही कारण त पक्कै होला, हुन त सबै पारिवारिक कुरा सबैलाई भन्ने कुरो पनि भएन, हामीलाई भने बडो दुःख लागेको छ ।’
सुनेर उनको अनुहार उज्यालियो । उनले सम्झाउने शैलीमा भने, ‘धन्दा नमान्नोस्, हामी सल्लाहले सहमतिमै छुट्टिएका हौँ ।’
सुनेर उनी अचम्मित भए, भने ‘नचाहिने, नहुने कुरा नगर्नुस् न, छँदाखाँदाको सम्बन्ध पनि कसैले सहमतिमा तोड्छ ? अनि भएको सम्पत्ति कसैले यसै बाँड्छ ?’
गम्भीर हुँदै जवाफमा उनले, ‘कुरा अन्त नजाओस् है’ भन्दै उनको कान नजिकै मुख लगेर भने, ‘रहरले कहाँ हो र ? परिस्थितिले गर्दोरहेछ सबथोक, देख्नुभएकै छ नि त्यत्रो काण्डको अनुसन्धान भइरहेको, तान्दातान्दै लहरो कहाँसम्म पुग्ने हो के थाहा ?’
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest