फित्काैली डटकमबुढ्यौली विषयक अभियानको सर्वोत्कृष्ट लघुकथा घोषणा
‘बुढ्यौली विषयक लघुकथा अभियान–२०८०’ मा सर्वोत्कृष्ट हुन सफल ‘डगल्यान्ड’ लघुकथाका सर्जक पिपि कोइरालालाई नगद रु. १५ हजार नगद पुरस्कार दिइनेभएको हो । एजिङ नेपाल अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङमास्टर’ का तर्फबाट पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

उदयपुर, ०८० कात्तिक २० । लघुकथा प्रतिष्ठान, नेपालद्वारा दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित ‘बुढ्यौली विषयक लघुकथा अभियान–२०८०’ मा ‘डगल्यान्ड’ शीर्षकको लघुकथा सर्वोत्कृष्ट भएको छ ।
बुढ्यौली विषयक लघुकथा अभियानमा आएका लघुकथा मध्ये ११ उत्कृष्ट र ११ मध्ये यो लघुकथा सर्वोत्कृष्ट लघुकथा घोषणा भएको हो ।
गत हप्ता पीपी कोइरालाको ‘डगल्याण्ड’ शीर्षकको लघुकथा, शारदा दहालको ‘इच्छामरण’ शीर्षकको लघुकथा, शुक्रराज कुँवरको ‘सहारा’ शीर्षकको लघुकथा, निर्मला बरालको ‘साथी’ शीर्षकको लघुकथा, सुनिता निरौला पौडेलको ‘चौरासी पूजा’ शीर्षकको लघुकथा। उमानाथ दाहालको ‘नामसारी’ शीर्षकको लघुकथा, तिलक तारामी रेशालीको ‘बचत’ शीर्षकको लघुकथा, रचना शर्माको ‘बुढ्यौली’ शीर्षकको लघुकथा, गंगा खड्काको ‘तीर्थ’ शीर्षकको लघुकथा, प्रेम पुन मगरको ‘वृद्ध’ शीर्षकको लघुकथा, ध्रुवराज थापा पुरूषको ‘पीडा’ शीर्षकको लघुकथा गरी ११ लघुकथाहरू उत्कृष्टको सूचीमा परेका थिए । तिनै मध्ये निर्णायक संयोजक डा. राजेन्द्र विमलको मण्डलले धरान १३, सुनसरीका पिपि कोइरालाको ‘डगल्यान्ड’ लघुकथालाई सर्वोत्कृष्ट ठहर गरेको हो । निर्णायकमा सदस्यहरूमा रमेन्द्र कोइराला, खगेन्द्र बस्याल र तुलसा काफ्ले थिए । प्रतिष्ठानका व्यवस्थापकमा मलन समूह अर्थात् मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्य क्रियाशील छन् ।
प्रतिष्ठानलाई प्राप्त प्रतिस्पर्धी र सहभागी लघुकथालाई समेटी ‘सन्दर्भ’ लघुकथा प्रधान पत्रिकाको सातौं अङ्क प्रकाशन गरिएको छ ।
लघुकथा प्रतिष्ठान, नेपालले स्थापनाकालदेखि हालसम्म रातको ७ः५५ बजे निरन्तर लघुकथा विमर्श र प्रशिक्षणको काम गर्दै आएको छ । त्यस्तै विविध सन्दर्भमा मासिक लघुकथा अभियान समेत सञ्चालन गरिरहेको छ । उत्कृष्ट लघुकथा लेखकलाई सम्मान र अभियानको सर्वोत्कृष्टलाई नगद सहित पुरस्कृत गर्दै आएको छ । सोही अनुरुप ‘बुढ्यौली विषयक लघुकथा अभियान–२०८०’ मा सर्वोत्कृष्ट हुन सफल ‘डगल्यान्ड’ लघुकथाका सर्जक पिपि कोइरालालाई नगद रु. १५ हजारसहितकोे पुरस्कार दिइनेभएको हो । एजिङ नेपाल अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङमास्टर’ का तर्फबाट पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।
पिपि कोइराला २०४८ सालदेखि हालसम्म निरन्तर लघुकथा लेखनमा सक्रिय छन् । शिक्षण पेसाबाट अवकास कोइरालाको ‘आमाबाबुसँग शिक्षा आदानप्रदान’ नामक अभिभावक शिक्षा सन्दर्भको शैक्षिक पुस्तक प्रकाशन छ । उनी लघुकथा कृति प्रकाशनको तयारी छन् ।
०००
– लक्ष्मी रिजालद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest








































