साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रध्दाञ्जलि छ त्यही दुष्टलाई !!

दुश्मन ! छली ! स्वाँठ ! चिल्ला ओठभित्रको कालो अनुहारको मान्छेजस्तै कालविकराल महाँकाल भूकम्पलाई यसर्थ कि फेरि फर्केर नआओस् ऊ सतबार श्रद्धाञ्जलि !!

Nepal Telecom ad

कलानिधि दाहाल :

दलिन भाँचेर
इँटा उक्काएर
पिलर उफारेर
पर्खाल भत्काएर
श्रमपछिको आराम
आरामपछिको आनन्द
आनन्दभित्रको
चरम स्वप्निल चेतनतह
सरर सर्सर
गटटट ट्याङ्ग
पटाका पड्केझैँ
गर्लम्म पहाड भत्केझैँ
बच्चादेखि
बृध्द किशोरसम्म
किशोरदेखि
बृध्दबच्चासम्मले
भने हुन् ऐय्या !
मागे हुन् गुहार !!
मध्यरात
न उघ्रन पाए आँखा
न चल्न पाए पाउ
न देख्न पाए आगमन
एकाएक
वीर मसानको
बहाना उफ्रेको धामीझैँ
हनुमानदेवको
बहाना उफ्रेको झाँक्रीझैँ
कम्पन !
प्रकम्पन !
अझ महाकम्पन !!!
आवाज दिएर पनि
आवाजविहीन
गुहार मागेर पनि
सहाराविहीन
दिल भएर पनि
विवेकहीन
अनायास
विलीन भइस् तँ
विलीन भयौ तिमी
विलीन भएँ म
विलीन भयौँ हामी
विलीन भयो ऊ
सपना
धेरै थिए बिहान ब्युँझिने
सपना
धेरै थिए फेरि श्रमशील बन्ने
जम्मै पोको पारेर
अनायास
जानेहरू भयौ समाधिस्थ
अर्को संसार
छमा विश्वस्त छैन म
विष्णु अल्ला
एशु मोहम्मद
सब समयखेलका
आफैँमा जासुसहरू
हुन सक्छन् अलिकति फरक
यिनका नाममा
जप्दिन म भगवान
जहाँ गयौ गयौ
रहेको नाताले
तिमी फेरि
रहँन्नौ दुनियाँमा कतै
यसर्थ श्रध्दासुमन तिमीलाई
गहिरो श्रध्दाञ्जलि त
छ उसलाई
जो विवेक कुल्चेर
मानवता भुलेर
देखिन्न हल्लन्छ
छोइन्न काँप्छ
समाइन्न सामु छ
उजेलो
अँधेरो भन्दैन हिँड्छ
समाजको दुर्जन !
दुश्मन !
छली !
स्वाँठ !
चिल्ला ओठभित्रको
कालो अनुहारको
मान्छेजस्तै
कालविकराल
महाँकाल भूकम्पलाई
यसर्थ कि
फेरि फर्केर
नआओस् ऊ
सतबार श्रद्धाञ्जलि !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x