साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आत्मअठोट !!

हार नै हुन्छ नयाँको जीत उत्सव यताको जीत नै हुन्छ पुरानो हार आँसुमा उताको! डटेर हिँडूँ छहरो चुम्न छोएर निर्झर न्यायको नौका जोखिममाथि बन्दछ सुन्दर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

विशाल विश्व म हेरी हिँड्छु यी शैल उक्लेर
चुँडिन्न लता सुकेझैँ वृक्ष शाखामा फुक्लेर !
उदय हुन्छ हरेक नयाँ चिजका चालमा
रहन्न थोपो जमेर विन्दु एउटै थालमा !!

उचाइ आफ्नै सङ्घर्षभित्र उज्यालो बन्दछ
हिँडेका पाउ गतिले विराट् यो विश्व चिन्दछ !
सङ्कीर्ण भाका सीमित पाखा मण्डूक घुम्दछन्
आकाश आस्था जोखिमी चिन्ने मनले चुम्दछन् !!

पहरोजस्तो पत्थरमाथि हरिया पातले
इन्द्रेणी रङ्ग छरेको हुन्छ प्रेमिल जातले !
फालेर हिलो जमेका दह समय निकाश
निकालूँ आफैँ सङ्घर्षभित्र जन्मन्छ प्रकाश !!

गन्जकभित्र सुनको सुगा के अर्थ हुन्छ र
मस्तिष्कशून्य भीडमा कतै आवाज हुन्छ र ?
मनका दिया बालेर उठ्नु अनन्त हाँक्नु हो
समय ऊर्जा उफार्न सक्नु अस्मिता आँक्नु हो !!

संसार आशा साँघुरो हुन्छ विश्वास ब्युँझाऊँ
हर्काको भर अधुरो छाडी आफैँमा मुर्झाऊ !
मनको बत्ती बलेमा हुन्छ रात नै उज्यालो
अँध्यारोभित्र एउटै हुन्छ मन नै उज्यालो !!

कुण्ठित हुने महलभन्दा स्वतन्त्र झोपडी
शिखर अग्लो चढेर नाच्छ एउटै खोपडी !
दासको पेट खाएको भन्दा स्वतन्त्र भोकमा
संसार जित्ने अठोट उठ्छ जोखिमी झोकमा !!

जोखिमविना जीवन हुन्न पहरो झरेको
छाडेर लट्ठी होमिनु मजा जङ्घार तरेको !
भीडमा बोली अन्तर खोली खै भयो बिहान
हातको आफ्नै उज्यालो हुन्छ शिरको सिरानी !!

कर्कलो पनि नहल्ली शीत झर्दैन धरामा
चुचोको चाल नउघ्री पेट भरिन्न चरामा !
हल्चलविना हल्लिन्न पात प्रेमका गरामा
दासता नै हो कुहेको बस्ती बनेका बरामा !!

हार नै हुन्छ नयाँको जीत उत्सव यताको
जीत नै हुन्छ पुरानो हार आँसुमा उताको !
डटेर हिँडूँ छहरो चुम्न छोएर निर्झर
न्यायको नौका जोखिममाथि बन्दछ सुन्दर !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
ब्वाँसाहरू !

ब्वाँसाहरू !

कलानिधि दाहाल
सफा भए हुन्छु म !

सफा भए हुन्छु म...

कलानिधि दाहाल
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
0
Would love your thoughts, please comment.x
()
x