साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हान साथी

अरु गोबर गणेश गई के गर्छन् र सरकारमा ढाँटी छली जसरी नि मलाई नै छान साथी !

Nepal Telecom ad

काशीनाथ मिश्रित :

मेरो चुनाव चिह्नमा नै तिम्ले छाप हान साथी !
रुपैयाँको बिटो पाउला यति मन्त्र जान साथी !!

मैले जितेँ भने नेपाल बनाइदिन्छु सिङ्गापुर
घरै बसी मिठो मिठो पाउला नि खान साथी !

जागिरसागिर लगाइदिउँला तिम्रा साला भेनालाई
सकेसम्म यतैतिर जम्मै भोट तान साथी !

लाटा सोझा जनताको बुद्धि भुट्न सक्यौ भने
मन्त्री हुनासाथ तिम्लाई चढाइदिउँला यान साथी !

तिम्रै मान्छे मेरो पि ए बनेपछि भन्सारमा-
रोक्ने छैन कसैले नि सुन ल्याउन लान साथी !

सिद्धान्तको सिल्ली कुरा सिद्धिइहाल्यो गर्न हुन्न
सरकारमा जानै पर्छ यति कुरा मान साथी !

अरु गोबर गणेश गई के गर्छन् र सरकारमा
ढाँटी छली जसरी नि मलाई नै छान साथी !

सर्वहारा गरीबको चिन्ता मात्र कति गर्छौ ?
राजनीति गरेपछि बढ्नै पर्छ सान साथी !!

०००
२०८० माघ ११ गते
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x