साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँचेका छन् हरामीहरू

तप् तप् ओठ तिम्रा मलाई देखेर मुल फुट्दछन् बेच्छन् फूल जस्तो जवानी च्यातेर मालीहरू ।

Nepal Telecom ad

स्पन्दन विनोद :

मर्दा लासमा टाउको ठोक्छन् रोई पापीहरू
जिउँदै मार्न खोज्छन् रुँदै देखेका हितैषीहरू

उठ् भन्छन् मरेपछि नमर्दा कोही हुँदैनन् यहाँ
पर्दा उठ्न थाले नजरको खुल्छन् कहानीहरू

झोक्राएर बस्छन् रिसाई बोल्छन् हुँदामा खुसी
देखे लोथ हाम्रो जोडी हाँस्नेछन् सिकारीहरू

आगोको छ लप्को बढेको तापेर बस्छन् कठै
आफ्नै देश बेचेर बाँचेका छन् हरामीहरू

तप् तप् ओठ तिम्रा मलाई देखेर मुल फुट्दछन्
बेच्छन् फूल जस्तो जवानी च्यातेर मालीहरू ।

(बहर – मुक्तजिब मुसम्मन सालिम
वजन -२२२१/२२१२/२२२१/२२१२)

०००
दधिकोट भक्तपुर, हाल वेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x