सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘शुक्रबारे गन्थन’ र नेपाली हास्यव्यङ्ग्यको वर्तमान अवस्थाबारे मन्थन

कार्यक्रमका प्रमुख अतिथि सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले नेपाली हास्यव्यङ्ग्य साहित्यको वर्तमान गति र विकासको अवस्थाको बारेमा प्रकाश पारेका थिए।

Nepal Telecom ad

अमेरिका, जनवरी ४, २०२५ । नेपाली हास्यव्यङ्ग्यको मझेरी बाङ्गा अक्षरले हास्यव्यङ्ग्य समन्धित एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

जनवरी ४ शनिवार जुम अनलाइनमार्फत प्रस्तुत गरिएको र डिसीनेपाल अनलाइन पत्रिकाबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा क्यालिफोर्निया निबासी लेखक प्रमोद अमात्यको भर्खरै प्रकाशित किताव “सुक्रबारे गन्थन” मा बिभिन्न पक्षहरुको विवेचना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले नेपाली हास्यव्यङ्ग्य साहित्यको वर्तमान गति र विकासको अवस्थाको बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा खाइराइडका लेखक राजेन्द्र कार्की, लेखक डा. कुसुमाकर शर्मा, समीक्षक खेमराज पोख्रेल र प्रमोद अमात्यले कितावको बारेमा प्रकाश पारेका थिए।

हास्यव्कोयङ्ग्य शैलीमा लेखिएको उक्त पुस्तकको बारेमा बोल्ने सम्पूर्ण समीक्षकहरुले अमात्यको सरल र चोटिलो भाषा शैलीको प्रशंसा गर्नु भएको थियो। समीक्षकहरुले खुलेर पुस्तकका सबल र दुर्बल पक्षहरुको बारेमा चर्चा गरे।

अन्त्यमा लेखक अमात्यले आफ्नो किताव लेखन, प्रकाशन र त्यस पछिका अनुभवहरु साटेका थिए। कार्यक्रमका मुख्य आकर्षक लक्ष्मण गाम्नागेले अमात्यको कितावको चर्चा गर्दै यो एउटा गन्थन मात्र नभएर एउटा गहन सामाजिक मन्थन भएको बताए।

त्यस्तै कार्यक्रमको अन्त्यमा गाम्नागेले आफ्ना सशक्त रचनाहरु प्रस्तुत गरेर कार्यक्रमलाई रोमान्चक र जीवन्त बनाएका थिए।

बाङ्गा अक्षरका संयोजक नारायण भट्टराईले संचालन गरेकाे उक्त कार्यक्रममा कमेडियन तथा कार्यक्रम प्रस्तोता अर्जुन दाहालले कार्यक्रमको प्राविधिक पक्षको संयोजन गरेका थिए। कार्यक्रमको शुरु र अन्त्य अर्जुन दाहालका व्यङ्ग्य प्रस्तुतिबाट गरिएको थियो।

कार्यक्रममा सहोभागी बाङ्गा अक्षरका कार्यकारी सदस्यहरु डा. टिका लम्साल, बाबु आचार्य, भोज अर्याल लगायत पाहुनाको रुपमा उपस्थित भएका हास्यव्यङ्ग्यकार तथा गजलकार धनराज गिरी, वरिष्ठ साहित्यकार विश्वराज अधिकारी तथा साहित्यकार डाक्टर नवराज खतिवडाले नेपाली हास्यव्यङ्ग्यका विविध आयामका बारेमा लक्ष्मण गाम्नागे र “शुक्रबारे गन्थन” पढ्दाका अनुभवको बारेमा लेखक अमात्यसँग अन्तरक्रिया गरेका थिए।

बाङ्गा अक्षर नेपाल बाहिर रहेर नेपाली हास्यव्यङ्ग्य लेखन, पठन र प्रबर्धन गर्न सक्रिय सर्जकहरुको समूह हो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x