सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ए पाका हो !

पाकालाई चेतनाले समात्छ कस्ता हुन्छन् सत्य आएर जाँच्छ राम्रो गर्दा हुन्छ पाको अमूल्य लोभी बन्दा हुन्छ ऊ श्वान तुल्य ।।

Nepal Telecom ad

कविराज घिमिरे :

तिम्रो कुर्सी बन्न थाल्यो अफाप
छोडी देऊ गर्न बेकार जाप
खाली खाली बन्नथाले कसौँडी
सिल्लीजस्तै पार्नथाल्यौ बुढ्यौली ।।१

तिम्रो पार्‍यौ रम्नसक्ने व्यवस्था
भोग्छन् सारा तुच्छ कस्तो अवस्था
बग्न छाडे फूलका ती तरेली
रुन्छन् व्यर्थै जिन्दगीका परेली ।।२

ए पाका हो स्वाद चाखेर सत्ता
लम्ब्याएका खान सर्वस्व भत्ता
अर्का पाका निम्ति देखिन्छ भ्वाङ
के बस्तै छौ ? व्यर्थ पारेर स्वाङ ।।३

पाका हुन्नन् द्रव्यमा लिप्त व्यक्ति
पाका हुन्छन् सभ्य सच्चाइ व्यक्ति
सेवा गर्छन् राज्यको कोष थप्तै
हिँड्छन् गर्छन् लोककल्याण जप्तै ।।४

पाकालाई चेतनाले समात्छ
कस्ता हुन्छन् सत्य आएर जाँच्छ
राम्रो गर्दा हुन्छ पाको अमूल्य
लोभी बन्दा हुन्छ ऊ श्वान तुल्य ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
आमा

आमा

कविराज घिमिरे
म हुन्न पाको

म हुन्न पाको

कविराज घिमिरे
को हुन् वृद्ध ?

को हुन् वृद्ध ?

कविराज घिमिरे
को हुन् वृद्ध ?

को हुन् वृद्ध ?

कविराज घिमिरे
आमाबिनाको घर

आमाबिनाको घर

कविराज घिमिरे
म जान्न वृद्धाश्रम

म जान्न वृद्धाश्रम

देवीप्रसाद मिश्र
आमा

आमा

फित्काैली डटकम
बाबुआमा (काव्यांश- ३०)

बाबुआमा (काव्यांश- ३०)

दीनानाथ पाेखरेल
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x