साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई मुक्का

Nepal Telecom ad

१.लोग्नेको खोजी

“हेलो यो पुलिस थाना हो ?”
इन्सपेक्टर- “हो, किन ?”
“मेरो लोग्ने हराएको छ । खोजिदिनु हुन्छ ?”
इन्सपेक्टर- “हुलिया दिनु पर्छ ।
भन्नुहोस तपाईको लोग्ने कस्तो छ ?”
“ऊ होचो होचो छ,
रातो, डल्ले नाक छ,
पाइजामा जस्तो पतलुन लाउँछ,
कहिले धोती लाउँछ,
केटीको जस्तो स्वर छ,
कहिले घर जोर्छ,
कहिले घर फोर्छ,
कहिले मल चोर्छ,
कहिले मातेर नाली सुँघ्न पुग्छ,
कहिले कुकुरसँगै सुत्छ,
म घरमा नहुँदा पर्खाल चढ्छ,
हिन्दीमा खुबै भाषण गर्छ,
कहिले मलाई कुट्छ, कहिले लुट्छ,
आ.. होस् मरोस्
जहाँसुकै जावस् खोज्नुपर्दैन ।”

२. लाग्छ ?
तिमीलाई अर्काले घृणा गरे जस्तो लाग्छ ?
इष्र्या गरे जस्तो लाग्छ ?
डाहा गरे जस्तो लाग्छ ?
हेलाँ गरे जस्तो लाग्छ ?
अपमान गरे जस्तो लाग्छ ?
बेइजत गरे जस्तो लाग्छ ?
इज्जत गरोस् जस्तो लाग्छ ?
लाग्छ ? लाग्छ ? लाग्छ ?
लाग्छ भने
तिमी सुरुवाल लगाएर किन हिँड्दैनौ ?

गुप्तनगरको, लुप्त गाउँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x