साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

बदलिन्छौ कहिले यो कित्तामा कहिले त्यो कित्तामा के कस्ता छन् खै तिम्रा रहर बुझेको भए मरी जाउँ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
हुतिहारा गति भ्रष्ट मति राम्रो प्रगति सङ्गति छैन
ढाँट्ने ठग्ने लुट्ने खाने बाहेकको क्यै उपती छैन
निशुल्क स्वास्थ्य सेवाको गुड्डी हाँक्छ सरकार तर
अस्पताल पुग्दा बिरामीलाई चाहिने ओखती छैन ।

२.
के के ल्याउला अब यो पहर बुझेको भए मरी जाउँ
कहाँ के गर्छ यो बैमान सहर बुझेको भए मरी जाउँ
बदलिन्छौ कहिले यो कित्तामा कहिले त्यो कित्तामा
के कस्ता छन् खै तिम्रा रहर बुझेको भए मरी जाउँ ।

३.
कहिल्यै नखुल्ने बन्द तालाको के काम छ
स्पष्ट भन्नुस् न गनगने चालाको के काम छ
न मादल न डमरू बन्छ जीवन सकिएपछि
बताउनुस् न त्यो गोरो छालाको के काम छ ।

४.
जसरी घुम्टो उघारेर पूर्णिमाको जून निस्कन्छ
अथवा धर्तीको गर्भबाट अमूल्य सुन निस्कन्छ
रेटिदा रेटिदै सारङ्गीको यस्तो तार बनेछु कि म
रेटछन् जब निर्मम यादहरू मधुर धुन निस्कन्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x