साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौलीद्वारा पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान अर्पण

हास्यव्यङ्प्रेमी दर्शक स्रोताहरूको बाक्लो उपस्थितिमा पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरियो भने हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच मूर्धन्य स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण गरिएको हो । कार्यक्रमको आरम्भमै हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले कार्टुन नै कोरेर काटुनिस्ट राजेश मान्धरको एकल कार्टुन प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो । जेष्ठ तथा विशिष्ट व्यक्तित्व भैरव रिसाल, शान्तदास मानन्धर, रोचक घिमिरे, प्रा.डा. गोविन्दराज भट्टराई, चट्याङ मास्टर लगायतको आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडौं, ०८० भदौ ९ । नेपाली हास्यव्यङ्ग्य संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा भदौ ९ गते शनिबार जेष्ठ तथा विशिष्ट व्यक्तित्व भैरव रिसाल, शान्तदास मानन्धर, रोचक घिमिरे, प्रा.डा. गोविन्दराज भट्टराई, चट्याङ मास्टर लगायतको आतिथ्यतामा बागमती बोर्डिङ स्कूल, सुकेधारामा ‘फित्कौलीको खित्कौली सभा-२’ कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।

हास्यव्यङ्प्रेमी दर्शक स्रोताहरूको बाक्लो उपस्थितिमा पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरियो भने हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच मूर्धन्य स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण गरिएको हो ।

कार्यक्रमको आरम्भमै हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले कार्टुन नै कोरेर काटुनिस्ट राजेश मान्धरको एकल कार्टुन प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो ।

जेष्ठ र विशिष्ट व्यक्तित्वको आसन ग्रहणपश्चात स्वागत सम्मानमा फित्कौलीको तर्फबाट माला अर्पण- विमला लुइँटेल, एरिका गजुरेल गरिमा उपाध्यायबाट भएको थियो । फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेलले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै फित्कौलीको योजना, फित्कौली अक्षय कोष, विमोचित कृति र स्रष्टा, साथै पुरस्कार र पुरस्कृत व्यक्तिको बारेमा सटीक जानकारी दिनुभएको थियो ।

स्मरणीय कुरा के थियो भने विमोचन हुन लागेका किताबहरू डिजिटल (विद्युतीय) माध्यमबाट रिमोट थिची लोकार्पण गरिएको थियो । अग्रज हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भ्यागुताको श्वेतपत्र’ वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेद्वारा, स्रष्टा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड’ वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईद्वारा, स्रष्टा सुभाषचन्द्र देवकोटाको व्यङ्ग्य कवितासङ्ग्रह शान्तदास मानन्धरले र बुढ्यौली साहित्यिक अभियन्ता डा. मुकेशकुमार चालिसेको बुढ्यौली साहित्यिक कृति उज्याला जून’ भैरव रिसालद्वारा र साहित्यकार ठाकुरप्रसाद अधिकारीको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘बेसारे घुर्की’ चट्याङ मास्टद्वारा लोकार्पित भएको थियो ।

लोकार्पित कृति ‘डाँडाका उज्याला जून’ समीक्षात्मक चर्चा वरिष्ठ साहित्यकार पत्रकार रोचक घिमिरेले गर्नु भएको थियो भने बाँकी चार वटा विमोचित हास्यव्यङ्ग्य कृतिहरूका बारेमा वरिष्ठ समालोचक / साहित्यकार गोविन्दराज भट्टराईले प्रकाश पार्नु भएको थियो । यसलगत्तै लोकार्पित कृतिका स्रष्टाहरूले आफ्ना सागर्वित मन्तव्य सहित रचना सुनाउनु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा सम्मान तथा पुरस्कार समर्पण कार्य भएको थियो । फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान-२०८०’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा क्रियाशील व्यक्तित्व पाल्पाका चोलेश्वर शर्मालाई नगद रु २०,१०५/- सहित सम्मानपत्र अर्पण गरिएको थियो । त्यसैगरी स्याङ्जाकी हास्यव्यङ्ग्य लेखिका गायत्री परिरोशनीलाई ‘गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार-२०८०’, झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार-२०८०’, गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार-२०८०’ र भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८०’ समर्पण गरिएको थियो ।

सम्मानित स्रष्टा एवम लाेकार्पित कृतिका स्रष्टाहरूलाई भैरव रिसाल,  शुभकामना व्यक्त गर्दै फित्काैलीले यस्ताे कार्यकममा सहभागी हुने माैका दिएकामा धन्यवाद दिनु भएकाे थियाे ।

यी पुरस्कारहरूको रकम जनही १५,१०५/- र सम्मानपत्र रहेको थियो भने फित्कौली प्रोत्साहन पुरस्कार स्वरुप कार्टुनिस्ट राजेश मानन्धरलाई नगद रु. १०,१०५/- रुपैयाँ सम्मानपत्र समर्पणा गरिएको थियो । यसपछि सम्मानित तथा पुरस्कृत व्यक्तिहरू मन्तव्य तथा रचना वाचन भएको थियो ।

यसैगरी जेष्ठ तथा विशिष्ट व्यक्तित्वको सघन मन्तव्य सहित फित्कौलीको कदम अब नरोकियोस् सुझाव दिँदै कार्यक्रमका जेष्ठ तथा विशिष्ट अतिथि शान्तदास मानन्धरद्वारा सभा विसर्जन गरिएको थियो । कार्यक्रम हास्यव्यङ्ग्य स्रष्टा अनिल पाैडेल कीर्तेले सहजीकरण एवम् सञ्चालन  गर्नु भएकाे थियाे ।

०००
-रेहित सैजु

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x