साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेकान

कसैको इमानमा डाम्न प्रयोग भएको छ कसैको भित्री मन छाम्न प्रयोग भएको छ निष्ठा र योगदानका लागि भएन पदक कहिल्यै खाली उही विरासत थाम्न प्रयोग भएको छ ।

Nepal Telecom ad

डा. ऋषि बस्ताकोटी :

१. बादल लागेको घाममा छौं हामी
आधा रावण आधा राममा छौं हामी
मौसम पनि सधै चुनौती भो हाम्रा लागि
खुल्न नसकेको याममा छौं हामी ।

२. हेर्दै जाऊँ कुन ठीक कुन बेठीक लाग्छन्
आफ्नाका कुरा त सधैँ तार्किक लाग्छन्
इमान हराएको बस्तीमा चश्मा फेरेर हेर्दैमा
नाङ्गाहरू खै कसरी पो नैतिक लाग्छन् ।

३. फुटेका कुरा सुनियो, जुटेका कुरा सुनियो
सोझासाझाका दिमाग भुटेका कुरा सुनियो
सुन्न त खै के-के सुनियो, बाह्रैमासे गाईजात्रामा
साधु भेषधारीले नै लुटेका कुरा सुनियो !

४. कसैको इमानमा डाम्न प्रयोग भएको छ
कसैको भित्री मन छाम्न प्रयोग भएको छ
निष्ठा र योगदानका लागि भएन पदक कहिल्यै
खाली उही विरासत थाम्न प्रयोग भएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६३

बेलाको बोली- १६३

डा. ऋषि बस्ताकाेटी
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x