साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निभ्ने बेलाको बत्ति

मान्छे स्वार्थी भएपछि समाज स्वार्थी हुन्छ, समाज स्वार्थी भएपछि त वित्यासै परिगो नि । दियो युगौ बलिरहोस् जस्तो त लाग्छ तर हत्केलाले हुरी छेक्दैन ।

Nepal Telecom ad

अशोककुमार शिवा

विशेषत: बत्तीको काम बल्ने नै हो । दियोमा तेल हालेर कटनको बाती भिजाएर बाले पछि बल्ने ज्वालालाई बत्ती भनिन्छ । बत्ती दियोमा तेल रहुञ्जेल मज्जाले एकनास सँग बलिरहन्छ । जब दियोमा तेल सकिन्छ तब पनि बत्ती बल्छ तर त्यो बलाई तेलको नभएर बातीको बलाई हुन्छ । तेल नभएपछि बाँकी रहेको बाती सबै एकैपल्ट बल्ने हुनाले बत्तीको ज्वाला ठूलो हुन्छ । यो क्षणको बत्ती सीमित समय बलेर निभ्छ । हो, यही क्षणको कुरा यहाँ गर्न लागिएको छ । “निभ्ने बेलाको बत्ती ।”

म यहाँ मेरै सेरोफेरोका कुरा उल्लेख गर्न चाहन्छु । मेरो जीवनको सुरुवात दियोमा बातीको रुपमा भएको हो भन्न सकिन्छ । मातापिताले ममा अनेकन थरी तेल हाल्दै जीवनरुपी मेरो दियोलाई बालिरहनु भयो । अहिले पनि म वहाँहरूले राखेको तेलबाटै बलिरहेको हुनुपर्छ । जीवनका दौरान रुपी दियोमा कुनै तेल यस्तोसम्म परे जसको कारण बत्ती राम्रो सँग बल्न नसक्ने हो कि झैं समेत भयो । तर, नआत्तिएरै अनेकन उपायहरू लगाएर दियोलाई निरन्तरतामा राखियो । यसरी दियोलाई जीवित राख्ने कामको लागि मेरी श्रीमतीलाई श्रेय दिने गरेको छु । बेला बेला बाउँठिँदा मात्रै जागिरै खुस्काई दिउँ कि झैं लाग्छ ।

अब जीवनको उत्तरार्धतिर आइपुगियो । नयाँ बालीनाली बोटबिरुवा लगाउन सकिने चान्स नै छैन । फेरी जीवनरुपी दियोमा तेल पनि बिस्तारै घट्दै घट्दै आउन थालेको छ । तर दियोको ज्वाला केही तेजिलो र रापिलो बनेको भने छ नै । यो तेजिलो र रापिलो दियोको ज्वालाको ढर्रा त्यही निभ्ने बेलाको बत्तीको ढर्रा जस्तो त होइन ? भनेर डर डर पनि र बेला बेला शंका पनि लाग्छ । जीवनको पूर्वार्ध र मध्यावस्थामा दियोमा कहिले बाती तेलमा डुब्न खोज्यो । कहिले तेलमा पानी परेर पट्टटट पड्किएर राम्ररी बल्न सकेन । ऊ बेला ममा जागेका र लागेका अनेकन रहरहरू पूरा गर्न नसकेको सम्झेर अहिले पुरा गर्न तम्सिरहेको यो ज्यान करिब जाज्वल्य बन्न खोजिरहेछ ? यो भने गहिरो अनुसन्धानको विषय हुनसक्छ ।

हाल आएको यो ज्यान बिहान सबेरै देखि रातको करिब १२ बजेसम्म एकनास केही न केहीमा व्यस्त अनि मस्त भइरहेको छ । हल्का अस्वस्थताको बाबजुद यो भौतिक शरिरलाई अनेकन पारिवारिक, सामाजिक, सांस्कृतिक र सांगीतिक कामहरू गर्ने रहर जागेको छ । मलाई आखिर किन यसरी रहर जाग्नु थाल्यो । अरुले केही गरेको देख्यो कि आफूलाई पनि त्यस्तै गर्न मन लाग्नु भनेको जाँगर बढ्नु नै हो ।

हिन्दीमा गुन नदेख्ने मानिसलाई यहसान फरामोस भनिन्छ क्यार । यहाँ नेपालमा अझै यो खाल्का मान्छेहरू प्रशस्त छन् । बाटो देखायो जाउञ्जेललाई मात्र ठाउँमा पुगेपछि आफै आएको भन्छन् । मान्छे स्वार्थी भएपछि समाज स्वार्थी हुन्छ, समाज स्वार्थी भएपछि त वित्यासै परिगो नि । दियो युगौ बलिरहोस् जस्तो त लाग्छ तर हत्केलाले हुरी छेक्दैन ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x