साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहराको ८१औं शृङ्खला र पुस्तक विमोचन

समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, अग्रज साहित्यकार प्रतीक ढकालको प्रमुख तथा समीक्षक ठाकुर शर्मा भण्डारी, गोविन्द घिमिरे वेदमणि, डा. शैलेन्दु नेपाल,रामप्रसाद पन्त लगायतको आतिथ्यमा आज सम्पन्न भयो।

Nepal Telecom ad

काठमाडाैं, ०८० असाेज १३ । मनोहरा साहित्य समाजको ८१औं शृङ्खला समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, अग्रज साहित्यकार प्रतीक ढकालको प्रमुख तथा समीक्षक ठाकुर शर्मा भण्डारी, गोविन्द घिमिरे वेदमणि, डा. शैलेन्दु नेपाल,रामप्रसाद पन्त लगायतको आतिथ्यमा आज सम्पन्न भयो।

सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको सो कार्यक्रम राष्ट्रियगान, सभाध्यक्षको अतिथिहरूलाई स्वागतसहित रचना वाचनबाट प्रारम्भ भएको थियो भने केही रचनावाचनपछि स्रष्टा खोलाघरे साहिंलाको ‘सौदामिनी’पुस्तकको लोकार्पण, स्रष्टाहरूका रचनावाचन, पुस्तक समीक्षा, मन्तव्य एवं शुभकामना हुँदै समापन भएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि ठाकुर शर्मा भण्डारी, डा. शैलेन्दु नेपालले पुस्तकको चर्चा गर्नुका साथै पुस्तक र मुक्तकबारे आआफ्ना धारणा राख्नुभएको थियो।

सो कार्यक्रममा डिल्लीप्रसाद मूलतिहुन, शम्भु गजुरेल, सुमन पुडासैनी, घनश्याम प्रसाईं, बुद्धिसागर पौड्याल, रुद्र अधिकारी, देवीप्रसाद मिश्र, मञ्जु सिलवाल, सम्पत् काफ्ले, दीनानाथ पोखरेल, टि एन भट्ट, सरिता तिमल्सिना, रत्ननिधि रेग्मी शुक्राचार्य, कविराज घिमिरे, केशव ज्ञवाली, आर सि रिजाल, राजेन्द्रकुमार बज्राचार्य, राजेशमान केसी लगायतका स्रष्टाहरूले आआफ्ना कविता, भजन, मुक्तक, गजल लगायतका विविध विधाका रचना वाचन गर्नुभएको थियो।

कार्यक्रममा बखतबहादुर थापा, कपिल अर्याल, चिरञ्जीवी रेग्मी, मोहन पन्थी, पुष्पा खनाल, योगेन्द्र अधिकारी, देवयानी अधिकारी, दैवज्ञ अधिकारी, चूडामणि सञ्जेल, गोविन्द चापागाईं, इन्दु अधिकारी, रञ्जना सुवेदी, कीर्तन रजथला लगायतका सभ्यश्रोताहरूको उपस्थिति रहेको थियो ।

अतिथिहरू गोविन्द घिमिरे वेदमणि तथा रामप्रसाद पन्तले समाज स्रष्टा तथा समाजलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रमुख अतिथि ढकालले साहित्यको महत्त्वबारे चर्चा गर्दै आफ्नो प्रमुख अतिथीय मन्तव्य व्यक्त गरिसकेपछि स्रष्टा तथा संस्थाका कोषाध्यक्ष खोलाघरे साहिंलोले अतिथिहरू लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम विसर्जन गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x