साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

हाम्रो रैथाने बहुभाषिक अनुवाद प्रणालीलाई व्यवस्थित गरेर अघि बढ्न सकेमा मात्र सांस्कृतिक रूपले राष्ट्रियता थप बलियो हुनेछ र अनुवाद कार्यलाई प्रज्ञा-प्रतिष्ठानले उच्च प्राथमिकता दिने छ' भन्ने कुरामा जोड दिए ।

Nepal Telecom ad

काठमाडौँ ।२०८० असोज १२ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा ‘अनुवाद विमर्श’ कार्यक्रम देवकोटा सभाकक्षमा आयोजना गर्यो ।

यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ‘अनुवाद गर्नु आफैँमा जटिल काम हो । अनुवाद जस्तो अन्तर्राष्ट्रिय आयामले देश-देशान्तरमा रहेका राष्ट्रहरूको भूराजनीति र सांस्कृतिक कुटनीतिलाई बुझ्ने अवसर दिन्छ । हाम्रो रैथाने बहुभाषिक अनुवाद प्रणालीलाई व्यवस्थित गरेर अघि बढ्न सकेमा मात्र सांस्कृतिक रूपले राष्ट्रियता थप बलियो हुनेछ र अनुवाद कार्यलाई प्रज्ञा-प्रतिष्ठानले उच्च प्राथमिकता दिने छ’ भन्ने कुरामा जोड दिए ।

यसै गरी स्वागत मनतव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाल बहुभाषिक देश भएकाले नेपालका मातृभाषाबिच आपसी अनुवाद जरुरी रहेको बताए ।

यस कार्यक्रमका अध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य (अनुवाद )विभागका प्रमुख हंसावती कुर्मीले सम्पूर्ण भाषाका अनुवादकलाई एकै ठाउँमा सुव्यवस्थित गरेर अनुवाद कर्मलाई सुगम बनाउन लागिपर्ने कुरा समापन मनतव्यमा बताइन् ।

यस दिवसका अवसरमा डा. शिव रिजालले ‘परिवर्तनशील नेपाली समाजिक सन्दर्भ र बदलिँदो अनुवाद सङ्कथन’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे ।यस कार्यपत्रभित्र अनुवादको नेपाली सन्दर्भ र इतिहास, अनुवाद र अनुवाद सिद्धान्त, अनुवाद श्रम शिल्प र अनुवादकका बारेमा व्याख्या गरिएको छ । यसमा अनुवादको आवश्यकता र ओैचित्यलाई प्रस्ट पारिएको छ ।

यस कार्यपत्रको टिप्पणी भीमनारायण रेग्मी, अनुराधा र दलबहादुर आङ्बुहाङले गरे ।

कार्यक्रममा सहभागीका तर्फबाट विक्रम त्रिपाठी, विष्णु सिञ्जाली मगर, शशी थापा पण्डित र सञ्जोग लाफा मगरलगायतले जिज्ञासा राखे। कार्यक्रमको सहजीकरण सकुन जोशीले गरे भने कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गरेकाे कुरा प्रतिष्ठानका समाचार संयाेजक चेतनाथ धमलाले जानकारी दिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x