साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बी.के. पाल्पालीकाे कृतित्व तथा व्यक्तित्वमाथि विमर्श कार्यक्रम

काव्य घर नेपालको बैठकले असोज १६ गते पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष बी.के पाल्पालीको स्मृतिमा जन्मजयन्ती मनाउने निर्णय गरेको हो ।

Nepal Telecom ad

रेहित सैजु :

काठमाडाैं, ०८० असाेज १५ । काव्य घर नेपालको साहित्य विभाग अन्तर्गत पेरोल काव्य घर नेपालले भोलि पत्रकार तथा साहित्यकार बी.के पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति सभा सामाजिक विकास समाजको सभाहल अनामनगर, काठमाडौंमा बिहान ११ बजे आयोजना गर्दै छ ।

कार्यक्रममा पाल्पालीको कृतित्व तथा व्यक्तित्वमाथि विमर्श कार्यक्रम गरिने आयोजक संस्थाले जानकारी दिएको छ । काव्य घर नेपालको बैठकले असोज १६ गते पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष बी.के पाल्पालीको स्मृतिमा जन्मजयन्ती मनाउने निर्णय गरेको हो ।

साथै पेरोल साहित्य प्रतिष्ठान नेपाल काठमाडौं र काव्य घर नेपाल दमक झापालाई मर्ज गरि काव्य घर नेपाल मिडिया प्रा.लिको साहित्य विभागमा पेरोल काव्य घर नेपाल रही यसैबाट साहित्यिक गतिविधि समेत गर्ने जानकारी साहित्य विभाग प्रमुख रेणुका भट्टराईले जानकारी गराउनु भयो । साथै संस्थाले पत्रकार तथा साहित्यकार बी.के पाल्पाली स्मृति पुरस्कार तथा सम्मानको घोषणा समेत गरेको छ ।

साहित्यकार पाल्पाली डेढ दर्जन कृतिका सर्जक तथा नेपाल बोर्डर साप्ताहिक पत्रिकाका सम्पादक थिए । विगत १० वर्ष पहिले मिर्गौला रोगका कारण निकै पीडा भोगेका उनको २०७८ फागुन १७ गते निधन भएको हो ।

बहु प्रतिभाका धनी पाल्पालीको स्मृतिमा स्थापित सम्मान उपयुक्त व्यक्तित्वलाई संस्थाको वार्षिक कार्यक्रममा प्रदान गरिने छ ।

स्मरण रहोस् पाल्पालीकै नाममा सञ्चालित मिर्गौला अभियानकै कारण आम नेपाली यो रोगका कारण मर्नु नपर्ने अवस्थाको सिर्जना हुन थालेकाे हो । अहिले राज्यले मिर्गौला विरामीको निशुल्क उपचार गर्ने व्यवस्था गरेको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x