साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुवाद पुरस्कार डा.अभि सुवेदी र गोकुल सिन्हालाई प्रदान गरिने

अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा.अभि सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशिसहित स्मृति चिन्ह प्रदान गरिनेछ ।

Nepal Telecom ad

सिलगढी, दार्जिलिङ २०८० असोज १५ । युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा.अभि सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशिसहित स्मृति चिन्ह प्रदान गरिनेछ । सो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

यसैगरी गुठीले लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक डा. गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एघार हजार राशिसहित सम्मानपत्र र स्मृति चिन्ह प्रदान गरिनेछ । सो निर्णय संवाद सञ्जाल परिवार चयन समितिको सिफारिसमा गरिएको हो । सो समितिमा ललिता जोशी, लतिका जोशी, युवराज काफ्ले, जीवन राणा, शरद छेत्री, शुक्रराज दियाली र खेम सापकोटा रहनुभएको छ ।

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद सञ्जालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो ।

कविता, नाटक, निबन्ध र कला चेतनाका सन्धिस्थल डा.सुवेदी प्राज्ञिक चेत भएका व्यक्ति हुनुहुन्छ । नेपाली शिक्षा, सिर्जना, र प्राज्ञिक वृत्तमा उहाँको उपस्थिति रहेको छ । अराजक जस्तो जिन्दगी बिताउने डा. सुवेदी समालोचक, चिन्तक र समीक्षक हुनुहुन्छ । सफल अनुवादकका अलावा कवि, नाटककार र निबन्धलेखक पनि हुनुहुन्छ ।

अङ्ग्रेजी र नेपाली भाषामा बराबर कृतिका लेखक डा.सुवेदीको मूलतः समालोचना मुख्य विधा हो । उहाँ नेपाली भाषामा पाश्चात्य समालोचनाका नवचिन्तनलाई भित्राउनेमध्ये एक हुनुहुन्छ । यसैले उहाँलाई नवीन चेतनाको अग्रदूत पनि भनिन्छ ।

डा.सुवेदीका नेपाली लिटरेचर ब्याकग्राउण्ड एण्ड हिस्ट्री, पाश्चात्य काव्य सिद्धान्त, सिर्जना र मूल्याङ्कन, निबन्धमा उत्तरवर्ती कालखण्ड, साहित्य र आमवृत्त, निबन्ध र टुँडिखेल, कार्पेट टाँगिएको आकाश, माध्यम र रचना, अग्निको कथालगायतका कृतिहरू प्रकाशित छन् ।

यस्तै उहाँले अरस्तुको काव्य सिद्धान्तको नेपालीमा अनुवाद गर्नुभएको छ । यस्तै उहाँले अङ्ग्रेजी भाषामा विभिन्न फुटकर रचनाको अनुवादका अलावा ५१ कविका अङ्ग्रेजीमा “Poems of the Century” को अनुवाद गर्नुभएको छ ।

अर्का पुरस्कृत वरिष्ठ सर्जक एवं अनुवादक डा. गोकुल सिन्हा सन् १९४० मा खरसाङ, दार्जीलिङमा जन्मिनु भएको हो । कविता, लघुकथा, निबन्धमा कलम चलाउनु हुने डा. सिन्हाले बाइबल, गीताको नेपाली भाषामा अनुवाद गर्नुभएको छ भने नेपाली रामायणको पहिलोपटक अङ्ग्रेजी भाषामा अनुवाद गर्नुभएको छ ।

The Ramayana of Bhanubhakta (२०१५) उहाँको प्रकाशित अनुवाद कृति हो । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा साहित्य सिर्जना गर्नु हुने डा. सिन्हाको Beside Ghalib -1987, Tagore -1997, Dovkota-2009, Tha Quran -1980, the first ever in Nepali, The Bible -2000 & 2002, in association with the World Bible Translation Centre and the Gita -2008, in Jhyaure, a Nepali folk meter रहेका छन । यस्तै अन्य थुप्रै फुटकर रचनाहरूको पनि अनुवाद गर्नुभएको छ । उहाँका विभिन्न विधाका २५ पुस्तक प्रकाशित रहेका छन् ।

अनुवादक सिन्हाले पछिल्लोपटकThe Ramayana of BhanubhaktaÚ  -2015 को अनुवाद गर्नु भएको छ । नेपाली रामायणको अङ्ग्रेजीमा अनुवाद यो पहिलो मानिन्छ । यस्तै A Treatise on Nepali Language -1978 and Role of the Gorkhas in Making of Modern India -2006 को पनि अनुवाद गर्नुभएको छ ।

यसअघि युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट प्रा.डा. गोविन्दराज भट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट जीवन नामदुङ पुरस्कृत हुनुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x