साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दामोदर– लोकप्रिया स्मृति पुरस्कार अन्तरा र प्रज्वललाई

हेटौंडा क्याम्पसमा भएको ८ र ९ औं साधारणसभाको अवसरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट कक्षा १२ उत्तीर्णद्वय चौधरी र महतोलाई प्रतिव्यक्ति ११ हजार राशि र प्रमाणपत्रसहित दामोदर-लोकप्रिया स्मृति पुरस्कार प्रदान गरिएको हो ।

Nepal Telecom ad

मकवानपुर, ०८० आश्विन २० । मकवानपुर जिल्लाबाट कक्षा १२ को परीक्षामा अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने अन्तरा महतो र प्रज्वल चौधरीलाई नेपाली लेखक सङ्घ मकवानपुरले पुरस्कृत गरेको छ ।

शनिबार हेटौंडा क्याम्पसमा भएको ८ र ९ औं साधारणसभाको अवसरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट कक्षा १२ उत्तीर्णद्वय चौधरी र महतोलाई प्रतिव्यक्ति ११ हजार राशि र प्रमाणपत्रसहित दामोदर-लोकप्रिया स्मृति पुरस्कार प्रदान गरिएको हो ।

नेपाली लेखक सङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गौतम र उहाँका मामा माधवप्रसाद पोखरेलले आफ्ना पूर्वजको स्मृतिमा पुरस्कार स्थापना गर्नुभ‌एको हो । यस वर्षदेखि सुरु गरिएको पुरस्कारको निरन्तर स्रोत अक्षयकोष स्थापना भ‌एकोले आगामी वर्षहरुमा पनि निरन्तरता रहने नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्यले जानकारी दिनुभयो ।

नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष अनित्यको अध्यक्षतामा भएको साधारणसभामा नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, लेखक सङ्घ मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, पुरस्कार संस्थापक विष्णप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभ‌एको थियो ।

साहित्य सङ्गमका अध्यक्ष डीबी बर्तौला, उपाध्यक्ष सानु खनाल, लघुकथाकार किशन पौडेललगायत साहित्य सर्जक, राजनीतिक व्यक्तित्व, पत्रकार आदिको उपस्थिति रहेको कार्यक्रमलाई नेपाली लेखक संघ मकवानपुरका सचिव केशव समर्पणले सहजीकरण गर्नुभ‌एको हो ।

०००
हेटाैँडाबाट संप्रस पाैडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x