फित्काैली डटकमआँचलको मासिक भेटघाट, प्रशिक्षण तथा रचनावाचन
आँचलकी अध्यक्ष भावना सापकोटाकाे अध्यक्षता तथा ज्याेति माविका विव्यस अध्यक्ष हर्कबहादुर रम्तेलकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे ।

मकवानपुर, ०८० आश्विन २० । आँचल साहित्य कला पुञ्ज मकवानपुरले मासिक भेटघाट तथा रचनावाचन कार्यक्रम शनिबार ज्याेति माध्यमिक विद्यालय हेटौंडा १८, हर्नामाडीमा सम्पन्न भएको छ ।
आँचलकी अध्यक्ष भावना सापकोटाकाे अध्यक्षता तथा ज्याेति माविका विव्यस अध्यक्ष हर्कबहादुर रम्तेलकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे ।
“मुक्तक कसरी लेख्न सकिन्छ ?” भन्ने विषयमा साहित्य संगम मकवानपुर तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्ताैलाले प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गर्नु भएको थियाे ।
कुमार महत, अनिष मङ्ग्रान्ती, लालचन्द्र प्रजा, पवित्रा घलान, राधा बि.क., अनु राेक्का, स्वस्तिका दाहाल, रजनी पाैडेल, निर्मला व्लाेन, निरा शर्मा , सानुभाइ विश्वकर्मा, लक्ष्मी कँडेल लगायतले रचनावाचन गर्नुभएको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने र युग दर्पण साहित्य समाज हर्नामाडीका अध्यक्ष ओमभक्त भण्डारीले मन्तव्यसहित रचना वाचन गर्नुभएकाे
थियाे ।
आँचलले आगामी दिनहरूमा पनि यस्तै गाउँ केन्द्रित तथा विधागत प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने संस्थाकी सचिव सविता तिमल्सिनाले बताउनुभयो ।
०००
हेटाैँडाबाट संप्रस पाैडेल
Subscribe
Login
0 Comments
Oldest









































