साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सस्मितको हास्यव्यङ्ग्य कृति ‘कुरैकुराको खेती’ लोकार्पण

विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेशले भैरव अर्याल स्मृति दिवसको अवसर पारेर भर्चुवल रुपमा आयोजना गरिएको समारोहमा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशील सिस्नुपानी नेपाल तथा फित्कौली हास्यव्यङ्ग्य अनलाइनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुइँटेलले भर्चुअल मोडमा विमोचन गरे ।

Nepal Telecom ad

बेनी, बागलुङ, असोज २०, २०८० । साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘कुरैकुराको खेती’ एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ ।

विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेशले भैरव अर्याल स्मृति दिवसको अवसर पारेर भर्चुवल रुपमा आयोजना गरिएको समारोहमा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशील सिस्नुपानी नेपाल तथा फित्कौली हास्यव्यङ्ग्य अनलाइनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुइँटेलले भर्चुअल मोडमा विमोचन गरे ।

प्रमुख अतिथि लुइँटेलले नेपाली हास्यव्यङ्ग्य क्षेत्र भैरव अर्यालको अवसान पछि सुस्ताउँदै गएको र यसलाई पुनरजागृत गर्नु आवश्यक रहेको बताउँदै सस्मितको ‘कुरैकुराको खेती’ एउटा नयाँ प्राप्ति हुन पुगेको टिप्पणी गरे ।

अनेसासका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि होमनाथ सुवेदीले मोफसलको साहित्यलाई हेर्ने दृष्टिकोणलाई लक्षित गदै भने, “हाम्रो साहित्यले अन्धराष्ट्रवाद मात्रै नलेखेर, साँघुरो पक्षलाई मात्रै नहेरेर हामी कुनाकाप्चामा भए पनि आकाश छुन सकिन्छ ।” सर्जक र साहित्यको उच्च विचार हुनुपर्ने भन्दै साहित्यकार सुवेदीले सस्मितलाई निकै सम्भावनायुक्त साहित्यकारका रूपमा चित्रित गरे । उनले गणितको विषयवस्तुलाई अध्ययन गरेर त्यसलाई अगाडि पस्किन सके भने पठनलाई नयाँ चिजहरू दिन सक्ने ठोकुवासमेत गरे ।

पेसाले मावि तहका कुशल गणित शिक्षक सस्मितको ‘कुरैकुराको खेती’ पाँचौँ कृति हो । यसअघि धुमिल आकाश (शैक्षिक उपन्यास), विलोकन (मुक्तक सङ्ग्रह), बहाव (गजल सङ्ग्रह), र डायरीमा टाउके (हास्यव्यङ्ग्य) निबन्ध सङ्ग्रह प्रकाशाति छन् । कुरैकुराको खेती भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको हो ।

समीक्षक रामप्रसाद सुवेदीले पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै ‘कुरैकुराको खेती’ उत्कृष्ट कृतिका रूपमा आएको बताए । सुवेदीले अलङ्कारयुक्त, काव्यात्मक, सरस र स्पष्ट भाषाशैलीमा अभिव्यक्ति दिएको उल्लेख गरे । लघु आकारका निबन्धहरू मार्फत विसङ्गतिविरुद्ध विद्रोहका रूपमा ‘कुरैकुराको खेती’ आएको उनको कथन थियो ।

लेखकीय भनाइ राख्दै सस्मितले आफू भाषा साहित्यको विद्यार्थी नभए पनि सामाजिक, राजनैतिक, शैक्षिक बेथितिले प्रत्यक्ष रूपमा विक्षिप्त बनाएपछि जन्मिएको आफ्नै अनुभवको सङ्ग्रह भएको बताए । विभिन्न समयमा आफूले भोगेका दुःख, दर्द र भोगाइलाई इमानदार भएर लेखेको उनको भनाइ थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’, प्रसिद्ध साहित्यकार प्रा.डा. षडानन्द पौडेल, विनेसामका केन्द्रिय सङ्गठन सचिव तथा नेपाल अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’, प्रविधिमैत्री शिक्षक समाजका अध्यक्ष भूपति बश्याल, प्रकाशक भुँडीपुराण प्रकाशनका सञ्चालक केशव पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।

विनेसाम गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आरती आचार्यले स्वागत र सचिव प्रेम थापा मनले सञ्चालन गरेका थिए । अनलाइन मोडमा सञ्चालन भएको कार्यक्रममा संसारभरका प्रसिद्ध लेखक, साहित्यकार, कवि, पत्रकार तथा विनेसामका विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

०००
– रेहित सैजु

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x