साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोबल

के लाई मान्ने पाको उमेर ? के लाई काँचो मान्ने ? दुवै उमेर आफ्नालागि मन बुझाउन जान्ने ॥

Nepal Telecom ad

डा.लोकेन्द्रप्रसाद पौड्याल :

बुढेसकालका सबै दिन
दुखी मात्र हुन्नन्
मन बलियो पार्न सके
निराशाले छुन्नन् ॥

स्वभावैले चन्चले मन
कल्पनामा डुल्छ
बेलाबखत उत्ताउलिँदै
लालचमा भुल्छ ॥

लोभ गरे लोभ बढ््छ
जीवन तीतो हुन्छ
सपनाको फुस्रो हाँसो
बिपनामा रुन्छ ॥

भनाइ छ लोभ हटे
हट्छ मनको पिर
मन दह्रो पार्न सके
ठाडो हुन्छ शिर ॥

स्वाभाविक छ उतारचढाव
समाजमा अट्छ
कमजोर बन्दै हरेस नखाउँ
मनोबल घट्छ ॥

सकारात्मक बन्न सके
मन रमाउँछ
राम्रो सोचे राम्रो हुने
बाटो समाउछ ॥

पाको उमेरहरू सवै
एकैनास हुन्न
कसैलाई त बढ्यौलीले
त्यत्ती छिटो छुन्न ॥

फरकपन हुन सक्छ
एकै उमेरभित्र
कोहि थाक्छन कलिलोमै
प्रकृति विचित्र ॥

के लाई मान्ने पाको उमेर ?
के लाई काँचो मान्ने ?
दुवै उमेर आफ्नालागि
मन बुझाउन जान्ने ॥

घोत्लिएर गुनासोमा
किन पिर गर्नु ?
बिर्सिएर हाँस्ने ठाउँ
किन थला पर्नु ? ॥

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
मुलाईजा

मुलाईजा

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x