डा. लोकेन्द्रप्रसाद पौड्यालमनोबल
के लाई मान्ने पाको उमेर ? के लाई काँचो मान्ने ? दुवै उमेर आफ्नालागि मन बुझाउन जान्ने ॥

डा.लोकेन्द्रप्रसाद पौड्याल :
बुढेसकालका सबै दिन
दुखी मात्र हुन्नन्
मन बलियो पार्न सके
निराशाले छुन्नन् ॥
स्वभावैले चन्चले मन
कल्पनामा डुल्छ
बेलाबखत उत्ताउलिँदै
लालचमा भुल्छ ॥
लोभ गरे लोभ बढ््छ
जीवन तीतो हुन्छ
सपनाको फुस्रो हाँसो
बिपनामा रुन्छ ॥
भनाइ छ लोभ हटे
हट्छ मनको पिर
मन दह्रो पार्न सके
ठाडो हुन्छ शिर ॥
स्वाभाविक छ उतारचढाव
समाजमा अट्छ
कमजोर बन्दै हरेस नखाउँ
मनोबल घट्छ ॥
सकारात्मक बन्न सके
मन रमाउँछ
राम्रो सोचे राम्रो हुने
बाटो समाउछ ॥
पाको उमेरहरू सवै
एकैनास हुन्न
कसैलाई त बढ्यौलीले
त्यत्ती छिटो छुन्न ॥
फरकपन हुन सक्छ
एकै उमेरभित्र
कोहि थाक्छन कलिलोमै
प्रकृति विचित्र ॥
के लाई मान्ने पाको उमेर ?
के लाई काँचो मान्ने ?
दुवै उमेर आफ्नालागि
मन बुझाउन जान्ने ॥
घोत्लिएर गुनासोमा
किन पिर गर्नु ?
बिर्सिएर हाँस्ने ठाउँ
किन थला पर्नु ? ॥
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































