साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुलाईजा

गरिवको चुलो रुन्छ महँङ्गीको मार् ले भोलिको दिन कठिन छ झनै अन्धकारले तर पनि नेता गर्जन धेरै गरेँ भन्दै नभाँचेको सिन्को समेत उपलब्धि गन्दै ।

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौडेल :

ओरालोको अर्थतन्त्र
कति थप्या ऋण ?
नतिजाको टुङ्घो विना
किन विवेकहीन ?

भाको सानो बजेट पनि
आफ्नै चुनाव क्षेत्र
अरु ठाउँलाई लत्याउने
पक्षपाती नेत्र

समान अवसर मापदण्ड
नियतवस नै मिचीे
जनतालाई कुशासनले
जबर्जस्ती थिची

हरेकवर्ष खर्व खर्व
ऋण बढेको सुन्छु
उन्नतिको यात्रा भने
उँधो देख्या हुन्छु

निर्दोष टाउकामाथि औशत
कति ऋण गन्ने ?
नभा कामलाई जानिजानी
गरेको छु भन्ने ?

गरिवको चुलो रुन्छ
महँङ्गीको मार् ले
भोलिको दिन कठिन छ
झनै अन्धकारले

तर पनि नेता गर्जन
धेरै गरेँ भन्दै
नभाँचेको सिन्को समेत
उपलब्धि गन्दै

कतिसम्म दिन कटाउने
मुलाईजा गनी ?
कमसेकम त हेर सरकार
कहाँ चुकेँ ? भनि ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
11 months ago

…भाको सानो बजेट पनि
आफ्नै चुनाव क्षेत्र
अरु ठाउँलाई लत्याउने
पक्षपाती नेत्र… Wow

Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
1
0
Would love your thoughts, please comment.x
()
x