साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?

हुँदा खाने दुख्छन् छलबल बढी जर्जर अति। सधैँ खाने टेक्छन् सकस मन झर्लान् अब कति? उठी बढ्ने बाटो मुलुकभर खन्दा हित छ नि । भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

थिए हाम्रा जेजे कल प्रविधि ती बेच्न म पुगेँ ।
सुरक्षा होस् भन्ने जनसँग डटी नित्य म लडेँ ॥
अनेकौँ छन् धब्बा सहज कसले सक्दछ गनी ?
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०१॥

खुसी भर्थे आफ्ना जतन अघिका गर्न म चुकेँ ।
बनेँ ज्यादै जान्ने खल रिपुसँगै नित्य म झिकेँ ॥
कमाऊ धन्दामा अति लहसिएँ अर्थ म गनी ।
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०२॥

जता फर्की हेरे पनि कृत यहाँ मिल्छ र कहाँ ?
जतै भ्रष्टाचारी सुजन कसरी टिक्छ र यहाँ ?
जहीँ खोज्छन् पैसा नियम विधि मार्ने पथ खनी ।
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०३॥

श्रमी खट्छन् लाखौँ विरहवश पर्छन् भुवनमा ।
बसी थोरै मर्छन् रजगज गरी स्वार्थकसमा ॥
पुकारा के सुन्थे ? हिँड सब सँगै मानव बनी ।
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०४॥

हुँदा खाने दुख्छन् छलबल बढी जर्जर अति।
सधैँ खाने टेक्छन् सकस मन झर्लान् अब कति?
उठी बढ्ने बाटो मुलुकभर खन्दा हित छ नि ।
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०५॥

सबै बाटाघाटा पुल,पुर,कुलो गाउँ थलिए ।
नयाँ मैला ल्याई अधमपनका द्वन्द्व दलिए ॥
खुली पोखूँ जम्मै विकृत पथ को सक्छ र गनी ?
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०६ ॥

उठोस् छाती अग्ली मनुजहितका कर्म बटुली ।
गरूँ राम्रा छानी मुलुक ऋण होस् पूणर् असुली॥
हरियो खुल्दै नाच्थ्यो सुकृत पथमा आर्जन गनी।
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०७॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x