साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन विशिष्ट व्यक्तित्वलाई पद्मश्री सम्मान अर्पण गरियाे

यस वर्षको ‘पद्मश्री साधना सम्मान’ बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गरिएको छ ।

Nepal Telecom ad

चितवन, ०८० कात्तिक ११ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने वि.सं.२०७९ को ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई (मनु उपन्यासका लागि) आज एक समारोहबिच अर्पण गरिएको छ ।

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।

शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिनुभएका शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई यस वर्षको ‘पद्मश्री गौरव सम्मान’ अर्पण गरिएको छ । नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन योगदान गर्नुहुने डा. सुरेशराज शर्माज्यूलाई उक्त सम्मान प्रदान गरिएकाे हाे ।

यस वर्षको ‘पद्मश्री साधना सम्मान’ बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गरिएको छ ।

बरालले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिनुभएको छ । नेपाली चित्रकला क्षेत्रमा समेत विशिष्ट योगदान पुर्याउनु हुने अग्रज साधक श्री दुर्गा बराल (वात्स्यायन) ज्यूलाई प्रदान गरिएकाे हाे ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने सम्मानित तीनै जना व्यक्तित्वहरूलाइ हार्दिक बधाइ ज्ञापन गर्नुभएकाे समाचार छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x