साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोजाग्रत महिमा

सत्ता र तासको खाल उस्तै उस्तै म देख्दछु तासमा दामको दाउ सत्तामा देश थाप्दछु । तासमा सुनको औंठी सत्तामा कर थाप्दछु कामले देश हारेर मुखले देश जप्दछु ।।

Nepal Telecom ad

कृष्णदेव रिमाल :

जीतको आशमा मान्छे तासको खाल पस्तछ।
झेल या हारले मान्छे खरानी पनि घस्तछ ।१ ।

तासै हो तासको शत्रु नहेर्दा माल फाल्दछ
हेर्नेले चट्ट तानेर जुँगामा ताउ हाल्दछ ।। २

खेलाडी दूर हेरेरै चतुर चाल चाल्दछ ।
जान्नेले भाइ फालेर कुटील जाल हाल्दछ।३।

तासको टकमा मान्छे बिर्सिन्छन् घर बार ती
सम्झिन्थिन् कसरी सानी कविता पद हार यी । ४।

जान्दछु तासको स्वाद फसेको छु स्वयम् पनि
हारको स्वाद ताजै छ नलेख्नु कसरी अनि? ५।

तासले कति थच्च्यायो घुँडा कम्मर जान्दछन्
जान्नेले परबाटै यी खल्तिमा तोप हान्दछन् ।६।

फकायो भन्दछ यौटा थुक्क माल गयो झर्‍यो
नफाल्नु जुन् त्यै फाल्यो बुद्धिले के गर्‍यो गर्‍यो ।७।

हार्दछ एउटा बाघ रुन्छ ऊ हात्ती शोकमा
हाँसेर खेल्दछन् जित्ने हार्ने गिर्दछ लोकमा ।८।

हार्ने त्यो साथी उठ्दैन अझै छ आश जीतको
जित्नेले लोभ गर्दैछ झर्ला कि बुँद शीतको ।।९।

सत्ता र तासको खाल उस्तै उस्तै म देख्दछु
तासमा दामको दाउ सत्तामा देश थाप्दछु ।१०।

तासमा सुनको औंठी सत्तामा कर थाप्दछु
कामले देश हारेर मुखले देश जप्दछु ।।११।।

०००
नुवाकाेट, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x