सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कोजाग्रत महिमा

सत्ता र तासको खाल उस्तै उस्तै म देख्दछु तासमा दामको दाउ सत्तामा देश थाप्दछु । तासमा सुनको औंठी सत्तामा कर थाप्दछु कामले देश हारेर मुखले देश जप्दछु ।।

Nepal Telecom ad

कृष्णदेव रिमाल :

जीतको आशमा मान्छे तासको खाल पस्तछ।
झेल या हारले मान्छे खरानी पनि घस्तछ ।१ ।

तासै हो तासको शत्रु नहेर्दा माल फाल्दछ
हेर्नेले चट्ट तानेर जुँगामा ताउ हाल्दछ ।। २

खेलाडी दूर हेरेरै चतुर चाल चाल्दछ ।
जान्नेले भाइ फालेर कुटील जाल हाल्दछ।३।

तासको टकमा मान्छे बिर्सिन्छन् घर बार ती
सम्झिन्थिन् कसरी सानी कविता पद हार यी । ४।

जान्दछु तासको स्वाद फसेको छु स्वयम् पनि
हारको स्वाद ताजै छ नलेख्नु कसरी अनि? ५।

तासले कति थच्च्यायो घुँडा कम्मर जान्दछन्
जान्नेले परबाटै यी खल्तिमा तोप हान्दछन् ।६।

फकायो भन्दछ यौटा थुक्क माल गयो झर्‍यो
नफाल्नु जुन् त्यै फाल्यो बुद्धिले के गर्‍यो गर्‍यो ।७।

हार्दछ एउटा बाघ रुन्छ ऊ हात्ती शोकमा
हाँसेर खेल्दछन् जित्ने हार्ने गिर्दछ लोकमा ।८।

हार्ने त्यो साथी उठ्दैन अझै छ आश जीतको
जित्नेले लोभ गर्दैछ झर्ला कि बुँद शीतको ।।९।

सत्ता र तासको खाल उस्तै उस्तै म देख्दछु
तासमा दामको दाउ सत्तामा देश थाप्दछु ।१०।

तासमा सुनको औंठी सत्तामा कर थाप्दछु
कामले देश हारेर मुखले देश जप्दछु ।।११।।

०००
नुवाकाेट, हाल काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हिमाली पुकार !!

हिमाली पुकार !!

कृष्णदेव रिमाल
अर्जुन शर्माको घडी

अर्जुन शर्माको घडी

कृष्णदेव रिमाल
साँढा शासन

साँढा शासन

कृष्णदेव रिमाल
सात सुसेली

सात सुसेली

कृष्णदेव रिमाल
ड्याङका सप्रेका मूला

ड्याङका सप्रेका मूला

कृष्णदेव रिमाल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

कृष्णदेव रिमाल
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)