सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छन्दकवि पुरूषोत्तम आचार्यलाई सम्मानित गरिँदै

"युद्ध प्रसाद स्मृति सम्मान - २०८०" बाट यस वर्ष युवा कवि पुरुषोत्तम आचार्यलाई सम्मानित गर्ने निर्णय गरिएको छ ।

Nepal Telecom ad

मकवानपुर, ०८० मङ्सिर १ । प्रगतिशील लेखक सङ्घ, मकवानपुरद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको “युद्ध प्रसाद स्मृति सम्मान – २०८०” बाट यस वर्ष युवा कवि पुरुषोत्तम आचार्यलाई सम्मानित गर्ने निर्णय गरिएको छ ।

मकवानपुरलाइ कर्मथलो बनाई अनवरत रुपमा प्रगतिवादी धारका कविता लेखनमा सक्रिय कवि पुरुषोत्तम आचार्यका हालसम्म भोको मझेरी – मुक्तक संग्रह २०६८, मुटु र गीतहरू – गीतसङ्ग्रह २०७०, Roaring flames – संयुक्त कविता संग्रह- २०७७, छैनौँ कसोरी तिमी- ऊर्जाकाव्य २०७९, जूनेली – खण्डकाव्य, २०८० गरी ५ कृतिहरू प्रकाशित भैसकेका छन् । साथै उहाँले आफ्नै शब्द सङ्‍गीत र आवाजमा केही गीत गजलहरू स्वराङ्‍कन समेत गर्नुभएको छ ।

अग्रज हास्य व्यङ्ग्यकार आदरणीय आर. सी. रिजालले स्थापना गर्नु भएको २२ बाइस हजार राशिको युद्धप्रसाद स्मृति सम्मानबाट यस अघि डा. पशुपतिनाथ तिमल्सिना र गायक रामेश श्रेष्ठ सम्मानित भैसक्नु भएको प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिनुभयो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x