साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिक्षासेवी लवप्रसाद ओलीको प्रतिमा अनावरण तथा स्मृतिग्रन्थ लोकार्पण

प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुबाट प्रतिमा अनावरण र ४०० पृष्ठजतिको स्मृतिग्रन्थ लोकार्पण भएको यस कार्यक्रममा स्मृतिग्रन्थ प्रकाशनको औचित्यका बारेमा डा.पुण्यप्रसाद सिग्देलले तथा स्मृतिग्रन्थको समीक्षात्मक चर्चा विष्णुप्रसाद कोइरालाले गर्नुभएको थियो ।

Nepal Telecom ad

सुरूङ्गा, झापा २०८० मङ्सिर १ । शैक्षिक सेवामा जीवन बिताएका झापाका एक बेलाका चर्चित प्रधानाध्यापक लवप्रसाद ओलीको प्रतिमा अनावरण तथा स्मृतिग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम जामुनखाडी सामुदायिक वनको सभाकक्षमा सम्पन्न भएको थियो ।

स्मृतिग्रन्थ प्रकाशन समितिले आयोजना गरेको सो कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष अनिरुद्र ओलीलाई, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेललाई प्रमुख आतिथ्य, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रसिद्ध हास्यव्यङ्ग्य साहित्यकार नरनाथ लुईंटेल, झापाका प्रसिद्ध पूर्वप्रअ टहलदास अधिकारी, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण सिवाकोटी, साहित्यकार पुण्यप्रसाद खरेल, साहित्यकार कोमलप्रसाद पोखरेल, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष हस्त परियार, मोहन सिवाकोटी, डा.कृष्णप्रसाद ओलीलाई विशिष्ट आतिथ्य गराएर अघि बढेको कार्यक्रमको संचालन भीम दाहालले गर्नुभएको थियो भने स्वागत स्मृतिग्रन्थ प्रकाशन समितिका उपाध्यक्ष बालकृष्ण सिटौलाले गर्नुभएको थियो ।

प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुबाट प्रतिमा अनावरण र ४०० पृष्ठजतिको स्मृतिग्रन्थ लोकार्पण भएको यस कार्यक्रममा स्मृतिग्रन्थ प्रकाशनको औचित्यका बारेमा डा.पुण्यप्रसाद सिग्देलले तथा स्मृतिग्रन्थको समीक्षात्मक चर्चा विष्णुप्रसाद कोइरालाले गर्नुभएको थियो ।

कार्यक्रममा उक्त समितिबाट विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरु घनेन्द्रप्रसाद शर्मा, डिल्लीराज नेपाल, हरिनारायण भट्टराई, विशाल राई, तुलसा पाठक तिम्सिना, हिम्मत नेम्बाङ, गणेश ढुङ्गानालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा ओली परिवारका धेरै गण्यमान्य व्यक्तित्वहरुको उपस्थिति थियो जसमध्ये पूर्णप्रसाद ओली, दुर्गादेवी ओली, उमानाथ ओली, नारायण ओली (मेचीनगर), हरिप्रसाद ओली (मेचीनगर), लक्ष्मीप्रसाद ओली (मेचीनगर), सरोज ओली, डा.कृष्णप्रसाद ओली, बद्री ओली, मोहन ओली, गङ्गाप्रसाद ओली (रुद्र–गौरी ओली प्रतिष्ठान), गोपाल ओली, नारायण ओली गण्यमान्य व्यक्ति तथा साहित्यकारहरु राजेन्द्र संग्रौला, गुरुभक्त नेउपाने, शेरबहादुर थापा, जनार्दन उप्रेती, रामप्रसाद सिटौला, भीष्म उप्रेती, भानुभक्त कुभिण्डेली, देवीचरण भण्डारी, शिवकुमार पौडेल, प्रयागराज काफ्ले, गोपालप्रसाद संग्रौला, कृष्ण पौडेल, कृष्ण सुवेदी निराकार, एन वी दाहाल, कृष्ण पाठक, चक्रपाणी भट्टराई, थुप्रै आमा–दिदी बहिनाीहरुलगायत ३०० भन्दा बढीको उपस्थिति थियो ।

प्रमुख अतिथि राजेन्द्रप्रसाद पोखरेल, विशिष्ट अतिथिहरु उद्धव थापा, हरिचरण शिवाकोटी, पुण्यप्रसाद खरेल, नरनाथ लुईंटेल, डा.कृष्णप्रसाद ओली, घनेन्द्र शर्मा, तुलसा पाठक, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले यस महत्वपूर्ण कार्यक्रमको सराहना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विशाल राई तथा विना ओलीले मिठो र मधूर स्वरमा गीत गाउनुभयो । स्मृतिग्रन्थ भित्रकै एउटा कविता मिना अधिकारीले छन्दमा सस्वर वाचन गर्नुभयो ।

कार्यक्रमको अन्त्यतिर लव ओलीकै भाइ जगदीश ओलीले दाजुसँगका आफ्ना केही संस्मरण सुनाउँदै आजको यो भव्य कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउने तथा आफ्ना अनेकन बित्दोलाई छोडेर यस कार्यक्रममा उपस्थित भई भव्यता प्रदान गर्ने सबैलाई धन्यवाद अर्पण गर्नुभयो ।

आखिरमा कार्यक्रमका अध्यक्ष अनिरुद्र ओलीले आफ्नो छोटो महत्वपूर्ण भनाइ राख्दै सबैप्रति आभार व्यक्त गरेर आजको कार्यक्रमको समापन गर्नुभयो ।

कार्यक्रमको बीचमा उपस्थित सबैलाई खाजा प्रदान गरिएको थियो ।

०००
– पुण्यप्रसाद खरेलद्वारा संप्रेषित

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x