फित्काैली डटकमकुलपति राईद्वारा १५ लाख बराबरका अनेसास पुरस्कार वितरण
प्रमुख अतिथि राईले कलशमा दियो बाल्दै महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। यसअवसरमा प्रमुख अतिथि कुलपति राईले भारतका रण काफ्लेलाई 'रैथाने' उपन्यासका लागि$२१०० /को अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गर्नुभएको थियो ।

अमेरिका । प्रवासमा रहेका नेपाली साहित्यकारद्वारा स्थापित ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज'(अनेसास )ले विशेष योगदान पुर्याउने साहित्यकारलाई ‘अनेसास पुरस्कार’प्रदान गर्दै आएको छ ।यसपटक भने नेपाल प्रज्ञा -प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती अमेरिकाको भर्जिनियामा भव्यतापूर्वक सम्पन्न गरेको थियोे ।
प्रमुख अतिथि राईले कलशमा दियो बाल्दै महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। यसअवसरमा प्रमुख अतिथि कुलपति राईले भारतका रण काफ्लेलाई ‘रैथाने’ उपन्यासका लागि$२१०० /को अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसैगरी उहाँले महेश्वर पन्त- बोस्टन अमेरीका- ‘बौलाको डायरी’ $१०००/, श्री बाबु कार्की -नेपाल , ‘सन्दिग्ध शताब्दी’ निबन्धसङ्ग्रह $१०००/, कल्पना खरेल नेपाल- ‘रानी तलाउ’ $१०००/, गणेशकुमार जिसी -नेपाल ‘अरनिको एसिया’ ,$१०००/, सिन्धु पौडेल- इजरायल ‘मृतसागरको उचाइबाट’ कवितासङ्ग्रह $१०००,/ डा गोविन्द आचार्य- नेपाल’दङगी उर्वशी’$१०००/, निर्मोही व्यास- ‘नेपाल -आवारा बादल नियात्रा $१०००/, महेश पौड्याल -नेपाल ‘अपरिचित अनुहार ‘कथासङ्ग्रह $१०००/, खेम रिजाल -अमेरिका ऊर्जा गीतसङ्ग्रह $५००/ र मोहन सिटौला- अमेरिका सुनिल पाठक विशिष्ट पुरस्कार $२०००/को पुरस्कार प्रदान गर्नुभएको थियो ।
उपर्युक्त पुरस्कारको प्रायोजन प्रा.डा. गोपी उप्रेती, रोहिणी शर्मा, डा.श्याम कार्की, सुमन तिम्सिना, गीता खत्री, डा. चुडामणि खनाल, तीर्थराज पाण्डे, पदम विश्वकर्मा, पुरू कल्पना सुवेदी र सुनिल पाठकले गर्नुभएको थियो।
यसैक्रममा प्रमुख अतिथि राईले प्रज्ञा-प्रतिष्ठान र अनेसासबिच आफू सहकार्य गर्दै अघि बढ्ने कुरा उल्लेख गर्नुभएको थियोे ।साथै उहाँले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन अनेसासको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको थियोे।
यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य /काव्य) विभाग प्रमुख बाबा बस्नेतले साहित्यिक क्षेत्रमा अनेसासको योगदानलाई कसैले भूल्न नसक्ने बताउनुभएको थियो।
यसै सिलसिलामा बिओटी सभापति पदम विश्वकर्मा, अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्वन पूजा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान बिओटी अध्यक्ष गीता खत्रीको विशेष आतिथ्य रहेको थियो। यसैगरी अतिथिहरूमा वरिष्ठ आख्यानकारद्वय कृष्ण धारावासी र नीलम कार्की निहारिका, एनआरएनए अध्यक्ष डा. अर्जुन बन्जाडे, पूर्वअध्यक्षमा पुरू सुवेदी, भीम रेग्मी र मोहन सिटौला, सल्लाहकारमा रोहिणी शर्मा, तीर्थराज अधिकारी, सीता पाण्डे रहनुभएको थियो। यसपछि आभाष अर्याल, सचिन चापागाई ,सुयोग चापागाई, रोजी गौतम र प्रसुन पौडेल लगायतका बालबालिकाले नेपाल र अमेरिकाको राष्ट्रियगान गाएका थिए । डिसी च्याप्टरका महासचिव निलकण्ठ सुवेदीले सबैलाई स्वागत गर्नुभएको थियो।
यसपश्चात् हरिमाया अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीत गाउनुभएको थियोे भने संयोजक तीर्थराज पाण्डेले स्थापित पुरस्कारका बारेमा बृहत् जानाकारी गराउनुभएको थियो। यससँगै पुरस्कृत व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरिनुकासाथै पूर्व अध्यक्ष भीम रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड र होमनाथ सुवेदी, डा. श्याम कार्की, रोहिणी शर्मा, सुमन तिम्सिना र मोहन सिटौलालाई -२०२१ को दीर्घ सेवा पदक प्रदान गरिएको थियो। त्यसैगरी बोर्ड अफ् ट्रस्टीका निर्वाचन कमिटीका प्रमुख निर्वाचन आयुक्त भीम कार्की र निर्वाचन आयुक्तलाई प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी केन्द्रीय अध्यक्ष गोवर्द्वन पूजाले अनेसासले प्रत्येक वर्ष उत्कृष्ट कृति र प्रतिभालाई पुरस्कृत गर्दै विश्वमा नेपाली साहित्यलाई जोड्ने पुलको काम गरेको बताउँदै पुरस्कृत व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो।
यसपछि साहित्यकार गीता खत्रीद्वारा रचित रोबोट जर्ज, कवि ईश्वरी भट्टको आकाश पारीबाट र अनेसास न्यूह्याम्पसायरले प्रकाशन गरेको कवि गोपाल भण्डारीको छन्द कवितासङ्ग्रह दोस्रो प्रकाशनको विमोचन गरिएको थियो।
कृतिकारहरूको तर्फबाट गीता खत्री, पुरस्कृत व्यक्तित्वहरूका तर्फबाट महेश पौड्याल, महेश्वर पन्त, सिन्धु पौड्याल र मोहन सिटौलाले मन्तव्य राख्नुभएको थियोे । यसैगरी बिओटी पुरस्कार समितिका सदस्य-सचिव ईश्वरी भट्टले पुरस्कार दाता र पुरस्कृत व्यक्तित्वहरूलाई धन्यवाद र बधाई ज्ञापन गर्दै समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसपटक सो पुरस्कार राशी अमेरीकी डलर बाह्र हजार बराबर रहेको थियो।
यसैगरी मदन पुरस्कार विजेता मध्येबाट नीलम कार्की निहारिका, पुरस्कार दाताहरू मध्येबाट रोहिणी शर्मा, अतिथिहरूबाट होमनाथ सुवेदी लगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियोे । कार्यक्रमलाईं बिओटीका सभापति पदम विश्वकर्माले धन्यवाद ज्ञापनसहित पहिलो सत्र समापन गर्नुभएको थियो। यस सत्रको सञ्चालन बिओटी महासचिव प्रकाश नेपाल र केन्द्रीय सदस्य शकुन ज्ञवालीले गर्नुभएको थियो ।यसपछि सञ्चालिका ज्ञवालीले पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डे, सचिव ईश्वरी भट्ट र सदस्य डा विजयराज शर्मा, सन्ध्या पहाडी र दीपा राई पूनलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
यसैगरी दोस्रो सत्रका अध्यक्ष अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्वन पूजाको अध्यक्षतामा बिओटी सदस्य रश्मी भट्टले कविता वाचनको कार्यक्रम सञ्चालन गर्नुभएको थियो।यस क्रममा विभिन्न कविका रचना वाचन गरिएको थियोे । यस कार्यक्रमको समापन पश्चात् पूनः बिओटी सभापति पदम विश्वकर्माको संयोजनमा बृहत् गोष्ठी गरिएको थियो। अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको सञ्चालनमा अनेसासको विगत, वर्तमान र भविष्यका बिषयमा सबै सहभागीले आआफ्नो धारणा राख्नु भएको थियो। सो कार्यक्रमको टिपोट नारायण अधिकारी र निजानन्द मल्लले गर्नुभएको थियो। कार्यक्रम
कार्यक्रमको समापन गर्दै सभापति विश्वकर्माले सबैका भावनाको कदर गरी अनेसासलाई अगाडि बढाइने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।
०००
– प्राज्ञसभा सदस्य चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































